टिकटकलाई प्लेस्टोरबाट हटाउन गुगल र एप्पललाई भारत सरकारको आग्रह

यो एपलाई बन्द गर्ने मद्रास उच्च अदालतको निर्णयमाथि सोमबार सर्वोच्च अदालतले स्टे दिन अस्वीकार गरेपछि विद्युतीय र सूचना प्रविधि मन्त्रालयले यो कदम उठाएको हो ।

एजेन्सी । भारतको केन्द्र सरकारले गुगल र एप्पलसँग उनीहरुको एप स्टोरबाट टिकटक हटाउन आग्रह गरेको छ । यो विषयसँग जानकार दुई स्रोतले यसबारे जानकारी दिएका हुन् ।

यो एपलाई बन्द गर्ने मद्रास उच्च अदालतको निर्णयमाथि सोमबार सर्वोच्च अदालतले स्टे दिन अस्वीकार गरेपछि विद्युतीय र सूचना प्रविधि मन्त्रालयले यो कदम उठाएको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश रन्जन गोगोईको नेतृत्वको बेन्चले यो मामिलाको सुनुवाइ आगामी २२ अप्रिलका लागि राखेको छ । किनभने मद्रास उच्च अदालतले यस मामिलाको सुनुवाइ १६ अप्रिलमा गर्न सक्नेछ ।

मामिलासँग जानकार दुवै स्रोतले मन्त्रालयको यस्तो आदेशले यस एपका अरु डाउनलोड रोक्न मद्दत गर्नेछ । तर, जसले यो एप यसअघि नै डाउनलोड गरिसकेको छन् उनीहरुले यसलाई प्रयोग गर्न सक्नेछन् ।

तर, गुगल र एप्पलले मन्त्रालयको आग्रहलाई स्वीकार गर्ने वा नगर्ने उनीहरुमाथि नै निर्भर रहनेछ ।