सोल्टी वेस्टेन्ड प्रिमियर होटलको प्रधानमन्त्री ओलीले गरे उद्घाटन (फोटोफिचर सहित)

होटल सोल्टी ५० वर्ष पूरा गरेको अवसरमा नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर होटल सञ्चालनमा ल्याइएको थियो । सुरुमा चारतारे सुविधासहित सञ्चालनमा आएको होटलले स्तरोन्नति गरेपछि पाँचतारे होटलको प्रमाणपत्र पाएको थियो ।

काठमाडौं । बाँकेको नेपालगन्जमा सोल्टी वेस्टेन्ड प्रिमियर होटल औपचारिक रुपमा सञ्चालनमा आएको छ । होटलको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । एक वर्षअघि पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थितिमा सफ्ट लन्च गरिएको थियो ।

होटल सोल्टी ५० वर्ष पूरा गरेको अवसरमा नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियर होटल सञ्चालनमा ल्याइएको थियो । सुरुमा चारतारे सुविधासहित सञ्चालनमा आएको होटलले स्तरोन्नति गरेपछि पाँचतारे होटलको प्रमाणपत्र पाएको थियो ।

पर्यटन विभागले वातावरणीय प्रभाव मूल्यांकन र अन्य पूर्वाधार तथा सुविधाको आधारमा मूल्यांकनपछि पाँचतारे होटलमा स्तरोन्नतिको प्रमाणपत्र दिएको हो ।

नेपालमा पाँचतारे होटलको अवधारणा र अन्तराष्ट्रियस्तरको सेवा दिई ५० वर्ष पूरा गरिसकेको होटल सोल्टीले नेपालगन्जपछि पोखरामा सोल्टीकै ब्रान्डमा होटल सञ्चालन गर्नका लागि जग्गा खरिद गरिसकेको छ ।

सोल्टी वेस्टेन्ड प्रिमियर होटल विश्वका १३५ मुलुकहरुमा परियोजना रहेको ऊर्जा तथा पर्यावरण डिजाइनमा अगुवाईमा आधारित ग्रिन बिल्डिङको अवधारणमा बनेको छ ।

८१ वटा रुम रहेको होटलमा प्रारम्भिक लगानी ५५ करोड रुपैयाँ भएपनि पूर्वाधार बढाएपछि ८० करोड रुपैयाँ लागेको होटलले जनाएको छ ।