भारतमा टिकटक बन्द, एप्पल र गुगलले एप स्टोरबाट  हटाए एप

मद्रास उच्च अदालतले सो एप अश्लील सामग्री प्रसार गर्न प्रयोग भएको भन्दै त्यसलाई एप स्टोरबाट हटाउन आदेश दिएपछि एप्पल र गुगलको यस्तो कदम आएको छ ।

एजेन्सी । एप्पल र गुगल कम्पनीले भारतमा आफ्नो एप स्टोरबाट चिनियाँ भिडियो शेयरिङ एप टिकटकलाई हटाइदिएको छ ।

मद्रास उच्च अदालतले सो एप अश्लील सामग्री प्रसार गर्न प्रयोग भएको भन्दै त्यसलाई एप स्टोरबाट हटाउन आदेश दिएपछि एप्पल र गुगलको यस्तो कदम आएको छ ।

उक्त उच्च अदाललते सो आदेशलाई निलम्बन गर्न चिनियाँ कम्पनी बाइकडान्सका मालिकले दायर गरेको अपिललाई खारेज गरेको थियो ।

भारतमा टिकटकका १२ करोडभन्दा धेरै प्रयोगकर्ता छन् ।

टिकटक यसअघि नै बंगलादेशमा प्रतिबन्धमा परिसकेको छ र अमेरिकाले पनि बालबालिकाहरुमाथिको सूचनाहरु गैरकानुनी रुपमा संकलन गरेको भन्दै यसलाई जरिवाना लगाएको छ ।