१६दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्नवस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । भ्यालेन्टाइन डेको अवसरमाग्राहले आकर्षक अफर समेत पाउने छन् ।
काठमाण्डौंको गोङबुस्थित नयाँ बसपार्कमा रहेकोे बिजीमलमा ‘विन्टर मेगा सेल’ सुरु भएको छ । १६दिने सेल अवधिभर मलमा सपिङ गर्ने ग्राहकले विभिन्नवस्तु तथा सेवाको खरिदमा ५० प्रतिशतसम्म छुट पाउने मलले जनाएको छ । भ्यालेन्टाइन डेको अवसरमाग्राहले आकर्षक अफर समेत पाउने छन् ।
ग्राहकलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउन ‘विन्टर मेगा सेल’ को आयोजना गरिएको मेलाका संयोजक हीरामणि तिमल्सिनाले बताए । जाडो मौसम तथा भ्यालेण्टाइन डेलाई लक्ष्य गरी फेब्रुअरी ९ देखि सुरु भएको ‘विन्टर मेगा सेल’ फेब्रुअरी २४ तारिखसम्म सञ्चालन हुनेछ ।
सेल अवधिमा ५ सय रुपैँयाको सामानखरिदमा ग्राहकले दैनिक आश्चर्यजनक उपहार समेत प्राप्तगर्न सक्ने मलका निर्देशक राजु गिरीले बताए । सेल अवधिभर मेलामा सामान खरिद गर्ने ग्राहकले दैनिक रुपमा सिनेमाको टिकट, लन्चकुपन, सपिङ भौचर लगायतका उपहार पाउने छन् । यसका साथै ५० हजार रुपैँया बराबरको स्मार्टफोन जित्ने अवसर पनि पाउने छन् ।
भ्यालेण्टाइन डेको अवसरमा लाइभ म्युजिक तथा भ्यालेण्टाइन डेकोर लगायतका कार्यक्रमहरु आयोजना हुने छन् । मेला अवधिभर कन्सर्टलाई निरन्तरता दिँदै फेस पेन्टिङ लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरु पनि सञ्चालन हुने छन् ।
मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल, लत्ता कपडा, श्रृंगार तथा सौन्दर्य सामग्री, रेष्टुरेन्ट, बैङ्कको कार्यालय, एटीएम लाउञ्जलगायत ५ दर्जन बढी पसलहरु छन् ।