फोक्सवागनका न्यु भेन्टो र न्यु पोलो, यस्ता छन् फिचर

टीएसआईमा अटोमेटिक र अन्य दुईमा मेन्युएल ट्रान्समिसन छन् । यीमध्ये टीएसआईमा सात फरवार्ड र एक रिभर्स गियर छन् भने अन्य दुईमा पाँच फरवार्ड र एक रिभर्स गियर छ ।

काठमाडौं । पूजा इन्टरनेसनल ग्रुपले २०१९ मा फोक्सवागनका दुई नयाँ मोडलका कार नेपाली बजारमा ल्याएको छ । ग्रुपले फोक्सवागनका न्यु पोलो र न्यु भेन्टो नेपाली बजारमा ल्याएको हो ।

पूजा इन्टरनेसनलले नेपाली बजारमा लन्च गरेका न्यु भेन्टो आरामदायी र सुरक्षित यात्राका लागि राम्रो छ । न्यु भेन्टो पेट्रोल इन्जिनमा १.६ लिटर एमपीआई, डिजल इन्जिनमा १.५ लिटर टीडीआई र १.२ लिटर टीएसआई गरी तीन ओटा भेराइटीमा उपलब्ध छ । यसमा चार सिलिन्डर तथा रेन सेन्सर, कप होल्डरका साथमा रियर एसी भेन्ट्स पनि छ । कुलिङ ग्लोभ बक्स, स्टाटिक कर्नरिङ लाइट, न्यू अलोए ह्वील्स, नयाँ इलोक्ट्रिक रिट्रयाक्टेबल मिरर, क्रुज कन्ट्रोल, न्यु थ्रीडी टेल ल्याम्पस, डुअल फ्रन्ट एयरब्याग्स, टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम विथ मिरर लिंक एन्ड कार प्ले यसका आकर्षक नयाँ फिचर हुन् ।

यसमा एन्टीलक ब्रेक सिस्टम, फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक छन् । यसमा पहिलो भेरियन्ट पेट्रोल इन्जिनले ५२५० आरपीएममा १०५ पीएस पावर र ३८०० आरपीएममा १५३ एनएम टर्क दिन्छ भने, डिजल इन्जिनले ४००० आरपीएममा ११० पीएस पावर र १५०० देखि ३००० आरपीएममा २५० एनएम टर्क दिन्छ । यस्तै यसको टीएसआई भेरियन्टले ५००० आरपीएममा १०५ पीएस पावर र १५०० देखि ४१०० आरपीएममा १७५ एनएम टर्क दिन्छ । यी भेराइटीका डिसप्लेसमेन्ट क्रमशः १५९८ सीसी, १४९८ सीसी र ११९७ सीसीका छन् । यसको टीएसआई भेरिएन्टमा प्रतिसिलिन्डर दुई ओटा भल्भ्स र अन्य दुईमा चार ओटा भल्भ्स छन् ।

टीएसआईमा अटोमेटिक र अन्य दुईमा मेन्युएल ट्रान्समिसन छन् । यीमध्ये टीएसआईमा सात फरवार्ड र एक रिभर्स गियर छन् भने अन्य दुईमा पाँच फरवार्ड र एक रिभर्स गियर छ ।

तीनै ओटा भेरिएन्टमा स्पिड सेन्सिटिभ इलेक्ट्रोनिक पावर स्टियरिङ छन् । सबै भेरिएन्टको टर्निङ रेडियस ५.४ मिटर छ ।

यस्तै फोक्सवागन पोलो पनि पूजा इन्टरनेसनलले २०१९ मा नेपाली बजारमा लन्च गरेको नयाँ मोडल हो ।

डुअर ह्याण्डल, ओपनिङ लिभर, हिट इन्सुलेटेड ग्लास, टेल ल्याम्पस, आर१५ टोसा अलोए, फोल्डेबल साइड मिरर, एडजस्टेबल स्टियरिङ ह्वील, मल्टी फङ्कसन स्टियरिङ, अटो डिमिङ आईआरभीएम, डुखल बिम हेड ल्याम्प, ड्यासबोर्ड यसका नयाँ आकर्षक फिचर हुन् । यसमा उच्च गुणस्तरको स्क्र्याच नहुने ड्यासबोर्ड छ ।

सुरक्षाका लागि यसमा डुअल फ्रन्ट एयर ब्याग, ड्राइभर र यात्रु दुवैका लागि एयरब्याग दिइएको छ । यसमा एन्टिलक ब्रेकिङ सिस्टम, फ्रन्ट डिस्क ब्रेक, इमरजेन्सी एक्जिट, फग ल्याम्प्स रियर र फ्रन्टमा छ ।

मनोरन्जका लागि टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, मोबाइल फोनका लागि ब्ल्युटूथ टीएम कनेक्टिभिटी, भ्वाइस कमान्ड आदि फिचर छन् ।

यसमा रेन सेन्सिङ वाइपर्स, अटोमेटिक एयरकन्डिसन, रियर पार्किङ सेन्सर र रियर पार्किङ क्यामेरा छन् ।

यो कार मोडल पनि तीन ओटा भेरिएन्टमा उपलब्ध छन् । जसमा पोलो पेट्रोल टीएल प्सस सीएल, पोलो १.६ पेट्रोल एचएल तथा पोलो पेट्रोल एचएल छन् । यी सबै भेरिएन्टमा चार ओटा सिलिन्डर छन् । यी कारमा क्रमशः ९९९, १५९८ र ११९८ सीसी डिस्पलेस्मेन्ट क्षमता छ । पोलो पेट्रोल एचएलमा ७ स्पिड डीएसजी एटी ट्रान्समिसन र अन्य दुई भेरिएन्टमा ५ स्पिड मेनुअल छ ।

पहिलोले ६२०० आरपीएममा ७६ पीएस पावर, ४३०० आरपीएममा ९५ एनएम टर्क दिन्छ, दोस्रोले ५२५० आरपीएममा १०५ पीएस पावर, ३७५० आरपीएममा १५३ टर्क दिन्छ र तेस्रोले ५००० आरपीएममा १०५ एनएम पावर र १५०० देखि ४१०० आरपीएममा १७५ एनएम टर्क दिन्छ ।

यी सबै भेरिएन्टमा इलेक्ट्रिक पावर स्टेयरिङ छ भने टर्निङ रेडिएस ४.९७, डिस्क फ्रन्ट र ड्रम रियर ब्रेकजस्ता फिचर छन् ।