प्रधानमन्त्री ओलीले भने–नेपाल अन्तरिक्ष युगमा प्रवेश गर्यो

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘आज बिहान २ः३० बजे नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा जोडिएको छ’

काठमाडौं । नेपालको पहिलो भू–उपग्रह पहिलो पटक प्रक्षेपण भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत सम्बद्ध पक्ष सबैलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भनेका छन्, ‘आज बिहान २ः३० बजे नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा जोडिएको छ’ उनले लेखेका छन्, ‘यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरुलाई बधाई ज्ञापन गर्द छु ।


प्रधानमन्त्री ओलीले अर्को ट्विटमा यो प्रक्षेपणलाई नेपालको उपलब्धिको रुपमा लिँदै नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको आशय व्यक्त गरेका छन् ।