एघारौं कृति अवार्डको टाइटल प्रायोजक चौधरी ग्रुप र नेपाल आइस

एघारौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस र पावर्ड बाई सीजी सिमेन्ट हुनेछ । उक्त एमओयूमा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरी र विज्ञापन एजेन्सी सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजालले गरेका हुन् ।

काठमाडौं । विज्ञापन एजेन्सीहरुलाई प्रदान गर्दै आइएको कृति अवार्डको एघारौं संस्करणको टाइटल प्रायोजन चौधरी ग्रुपले गर्ने भएको छ । नेपाल विज्ञापन एजेन्सी सङ्घले आगामी वैशाख ५ गते प्रदान गर्ने उक्त अवार्डको टाइटल स्पोन्सरका लागि चौधरी ग्रुपले एमओयूमा हस्ताक्षर गरेको छ ।

एघारौं कृति अवार्डको टाइटल स्पोन्सर नेपाल आइस र पावर्ड बाई सीजी सिमेन्ट हुनेछ । उक्त एमओयूमा सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरी र विज्ञापन एजेन्सी सङ्घका अध्यक्ष रवीन्द्रकुमार रिजालले गरेका हुन् ।

सङ्घले २०६० सालदेखि आयोजना गर्दै आएको कृति अवार्ड विगत केही वर्षदेखिका संस्करणलाई प्रायोजन गर्न पाएकोमा सीजी ग्रुपले खुसी व्यक्त गरेको छ ।