अरिहान्त ग्रुपको जल पाइप एण्ड फिटिङ्स नेपाली बजारमा, महालक्ष्मी ग्रुपले बेच्ने

काठमाडौं । अरिहान्त ग्रुपको नयाँ उत्पादन ‘जल पाइप्स एन्ड फिटिङ्स’ महालक्ष्मी पाइप एण्ड केबल्सले नेपाली बजारमा ल्याएको छ । यो नेपालका लागि आधिकारिक विक्रेता हो ।

नक्सालस्थित मेरियट होटलमा एक कार्यक्रमबीच महालक्ष्मी ग्रुपकी ब्राण्ड एम्बेसेडर मनिषा कोइरालाले उक्त पाइप एण्ड फिटिङ्सलाई सार्वजनिक गरेकी हुन ।

यो पाइप एण्ड फिटिङ्स अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर बनाइएको ग्रुपले बताएको छ । उत्पादनको लागि जापानी कम्पनी सेकिसुईसँग सहकार्य गरेको पनि बताएको छ ।

उक्त जल पाइप सार्वजनिक कार्यक्रममा अरिहान्त कम्पनीका कार्यकारी निर्देशक गिरिश जैन, पारस लुनिया, मनिषा कोइराला, मिस नेपाल श्रृंखला खतिवडा र जापानी कम्पनी सेकिसुईका प्रतिनिधि उपस्थित थिए । जल पाइप एण्ड फिटिङ्स भारतीय कम्पनी अरिहान्त ग्रुपको विजनेश युनिट हो ।