सीजीको ब्लुटुथ हेडसेट बजारमा

हेडसेटलाई एक पटक चार्ज गरेपछि निरन्तर ६० घण्टासम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी तीन घण्टासम्मको टक टाइमका रुपमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । यससँगै रिचार्ज गर्न मिल्ने ब्याट्री आउँछ, जसमा ५ भोल्टको चार्जिङ प्रयोग गरिएको छ ।

सीजी मोबाइल्सले सीजी पल्स नामक वायरलेस हेडसेट सार्वजनिक गरेको छ । विशेषगरी गीत र अडियोका लागि डिजाइन गरिएको यो हेडसेट मोबाइल, ल्यापटप तथा अन्य डिभाइसमा प्रयोग गर्न सकिन्छ । यसमा ४.१ ब्लुटुथ भर्सन प्रयोग गरिएको कम्पनीले जनकारी दिएको छ । यसको मूल्य ४ सय ९९ रुपैयाँ तोकिएको कम्पनीले बताएको छ ।

सीजी मोबाइल्सअन्तगर्तको सीजी एसेसरिजहरुलाई लोकप्रिय बनाउन सीजी पल्समा ४.१ टेक्नोलोजी प्रयोग गरिएको छ । हेडसेटलाई एक पटक चार्ज गरेपछि निरन्तर ६० घण्टासम्म प्रयोग गर्न सकिन्छ । त्यसैगरी तीन घण्टासम्मको टक टाइमका रुपमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । यससँगै रिचार्ज गर्न मिल्ने ब्याट्री आउँछ, जसमा ५ भोल्टको चार्जिङ प्रयोग गरिएको छ । यो डिभाइस पूर्ण रुपमा चार्ज गर्न दुई घण्टा मात्र लाग्ने बताइएको छ ।

‘ग्राहकको अनुरोधलाई ध्यानमा राखेर हामीले नयाँ वायरलेस उत्पादन ल्याएका छौँ,’ चौधरी ग्रुपका सीजी मोबाइल डिभिजनका बिजनेस युनिट हेड रमेश श्रेष्ठले भने, ‘यसबाट हामी निकै हर्षित छौँ । यसमा उच्च तहको अडियो क्वालिटी र टिकाउ पनि छ ।’