हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले बैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ।
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चुत्तापुँजी बढाउन २० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले बैशाख २५ गते विशेष साधारणसभा बोलाएको छ।
बैशाख १५ गते एक दिन कम्पनीको सेयरधनी किताव बन्द गर्ने निर्णय भएको कम्पनीले जनाएको छ । कम्पनीले चुत्तापुँजी ८८ करोड रहेको छ । हकप्रद बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी बढेर १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्ने छ ।
बिमा समितिले निर्जीवन व्यवसाय गरिरहेका कम्पनीको न्युनतम चुत्तापुँजी १ अर्ब रुपैयाँ पुर्याएपछि लुम्बिनीले हकप्रदबाट पुँजी पुर्याउन लागेको हो ।