स्टाइलिस लुक्समा ह्युन्डाईको नयाँ भेन्यु

यो गाडी भारतमा ह्युन्डाईको पहिलो स्मार्ट कनेक्टेड कार हुनेछ, जसमा कम्पनीको ब्लू लिंक प्रविधि पाउन सकिन्छ । यसमा ३३ वटा स्मार्ट कनेक्टेड फिचर छन् । यति मात्र होइन, यसमा कनेक्टिभिटी टेक्नोलोजीमा एआई आधारित भ्वाइस कमान्ड, लोकेसन ट्र्याक सर्भिस, इन्जिन, सेफ्टी, र धेरै वटा फिचर्स छन् ।

एजेन्सी । ह्युन्डाई कम्पनीले आफ्नो नयाँ एसयूभी भेन्यु सार्वजनिक गरेको छ । यो नयाँ एसयूभी भेन्यू ह्युन्डाई कम्पनीको पहिलो मेड इन इन्डिया कनेक्टेड एसयूभी हो, जसमा धेरै राम्रा फिचर रहेका छन् । यो एसयूभीलाई २०१९ न्युयोर्क इन्टरनेसनल अटो सोमा पनि सार्वजनिक गरिएको थियो ।

यो गाडी सब ४ मिटर कम्प्याक्ट एसयूभी हो । यसमा कम्पनीले ६९ प्रतिशत एडभान्स हाई स्ट्रेन्थ स्टिल एएचएसएस प्लस हाई स्ट्रेन्थ स्टिल एचएसएसआईको प्रयोग गरेको छ । यसको डिजाइन नयाँ छ । तर कताकताबाट कोना र क्रेटा जस्तो देखिन्छ । यसको फ्रन्टमा ह्युन्डाईको सिग्नेचरचौडा ग्रिल दिइएको जसले गर्दा यो निकै आक्रामक देखिन्छ ।

भेन्युको साइड प्रोफाइल निकै बलियो देखिन्छ । यसको वास्तविक लुक्स एकदमै आकर्षक छ यसमा तपाईंले नयाँ डिजाइनवाला टेल ल्याम्प्स पाउन सक्नुहुन्छ ।

३,९९५ एमए लम्बाइ, १,७७० एमएम चौडाइ र १५९० एमएम उचाइ रहेको छ । यसको ह्विलबेस २,५०० एमएम छ । यसरी हेर्दा यसको लुक्स निकै स्टाइलिस र आकर्षक छ ।

यसको क्याबिन पनि निकै स्टाइलिस र खुला छ । यसका सिट निकै आरामदायी र स्पोर्टी छन् । इलेक्ट्रोनिक सनरुफ, वायरलेस फोन चार्जिङ, एयर प्योरिफायर, क्रुज कन्ट्रोल रहेको यसमा टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम पनि राखिएको छ, जसले एप्पल कारप्ले र एन्ड्रोएड अटोलाई सपोर्ट गर्छ ।

यो गाडी भारतमा ह्युन्डाईको पहिलो स्मार्ट कनेक्टेड कार हुनेछ, जसमा कम्पनीको ब्लू लिंक प्रविधि पाउन सकिन्छ । यसमा ३३ वटा स्मार्ट कनेक्टेड फिचर छन् । यति मात्र होइन, यसमा कनेक्टिभिटी टेक्नोलोजीमा एआई आधारित भ्वाइस कमान्ड, लोकेसन ट्र्याक सर्भिस, इन्जिन, सेफ्टी, र धेरै वटा फिचर्स छन् ।

यसमा तीन ओटा इन्जिन अप्सन छन् । १.० लिटर पेट्रोल इन्जिन, १.२ लिटर पेट्रोल र १.४ लिटर डिजल इन्जिन छन् ।
यसको १.० लिटर पेट्रोल इन्जिनले १२० पीएस पावर र १७.५ केजीएमको टर्क दिन्छ । यसको इन्जिनमा ७ डीसीटी र म्यानुअल ट्रान्समिसन रहेको छ । त्यस्तै १.२ लिटर पेट्रोल इन्जिनले ८३ पीएसको पावर र ११५ एनएम टर्क दिन्छ र यसको इन्जिन पाँच स्पिड म्यानुअल ट्रान्समिसन छ । त्यस्तै १.४ लिटर डिजल इन्जिनले ९० पीएसको पावर र २२० एनएमको टर्क दिन्छ । यसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन रहेको छ ।

कम्पनीले यसलाई २१ मेमा भारतमा लन्च गर्दै छ ।