पासवर्ड सुरक्षामा चुक भएपछि लाखौं इन्स्टाग्राम प्रयोगकर्ता प्रभावित भएको फेसबुकद्वारा स्वीकार

सामाजिक सन्जाल फेसबुकले गत मार्चको अन्तिममा अन्जानबस प्रयोगकर्ताहरुको पासवर्ड सामान्य टेक्स्टमा राखेको बताएको थियो । जसका कारण उसका कर्मचारीहरुलाई त्यो खोज्न सम्भव भएको थियो ।

एजेन्सी । पासवर्ड सुरक्षामा कमजोरीका कारण प्रभावित हुने इन्स्टाग्राम प्रयोगकर्ताहरुको सङ्ख्या चार हप्ताअघि लगाइएको अनुमानभन्दा पनि धेरै भएको फेसबुकले स्वीकार गरेको छ ।

सामाजिक सन्जाल फेसबुकले गत मार्चको अन्तिममा अन्जानबस प्रयोगकर्ताहरुको पासवर्ड सामान्य टेक्स्टमा राखेको बताएको थियो । जसका कारण उसका कर्मचारीहरुलाई त्यो खोज्न सम्भव भएको थियो ।

साथै उसले पासवर्ड कम्पनीको आन्तरिक सर्भरमा भएका कारण बाहिरी मानिसहरुको त्यसमा पहुँच नभएको पनि बताएको थियो । तर फेसबुकले बिहीबार आफ्नो एक ब्लग पोस्टमार्फत सुरक्षा चुक भएको अनुमान लगाउँदै लाखौं इन्स्टाग्राम प्रयोगकर्ताहरु प्रभावित भएको स्वीकार गरेको छ ।

यसअघि उसले त्यो सङ्ख्या केही हजारमा हुनसक्ने बताएको थियो, तर पछिल्लो पटक उसले लाखौंको सङ्ख्यामा भएको हुनसक्ने अनुमान लगाएको हो ।