वान प्लस ७ र वान प्लस ७ प्रो फोन आउँदै, यस्ता छन् फिचर

सामान्यतया वान प्लसले प्रत्येक वर्ष दुई ओटा स्मार्टफोन सार्वजनिक गर्दै आएको छ । उसले आफ्नो वान प्लस ६ टी गत वर्षको अक्टोबरमा सार्वजनिक गरेको थियो । खबरका अनुसार कम्पनीले यस वर्ष दुइटा वान प्लस ७ र वान प्लस ७ प्रो सार्वजनिक गर्दैछ ।

एजेन्सी । मोबाइल फोन निर्माणकर्ता कम्पनी वान प्लसका सीईओ पीटी लाउले आफ्ना दुई स्मार्टफोन मोडल वान प्लस ७ र वान प्लस ७ प्रो अप्रिल २३ मा सार्वजनिक गर्ने बताएका छन् ।

लाउले ट्विटरमार्फत ती मोबाइल अप्रिल २३ मा सार्वजनिक गर्ने बताएका हुन् ।

सामान्यतया वान प्लसले प्रत्येक वर्ष दुई ओटा स्मार्टफोन सार्वजनिक गर्दै आएको छ । उसले आफ्नो वान प्लस ६ टी गत वर्षको अक्टोबरमा सार्वजनिक गरेको थियो । खबरका अनुसार कम्पनीले यस वर्ष दुइटा वान प्लस ७ र वान प्लस ७ प्रो सार्वजनिक गर्दैछ ।

वान प्लस ७ स्मार्ट फोनमा ६.४ इन्चको ओलेड डिस्प्ले, स्नापड्रागन ८५५ प्रोसेसर, फोनको पछाडि डुअल क्यामेरा छन् भने डिस्प्लेमा फिंगरप्रिन्ट स्क्यानर, ६ जीबी र्याम, १२८ जीबी स्टोरेज तथा ३५०० एमएएचको ब्याट्री छ । यसको मूल्य हालसम्म सार्वजनिक भएको छैन ।

वान प्लस ७ को मूल्य प्रयोगकर्तामैत्री रह्यो र प्रिमियम स्मार्टफोन साबित भयो भने यसले सामसुङ ग्यालेक्सी एस १० प्लस र आईफोन एक्सएस म्याक्ससँग प्रतिस्पर्धा गर्न सक्ने छ ।

त्यस्तै वान प्लसको अर्को फोन ७ प्रोको टिजर कम्पनीका सीईओ पेटी लाउले यसअघि नै सार्वजनिक गरिसकेका छन् उनले यो फोनको ट्यागलाइन नै ‘फास्ट एन्ड स्मुथ’ बताएका छन् । यसबारे धेरै विवरण प्राप्त छैन, तर उक्त टिजरले वान प्लस ७ प्रोको स्क्रिनलाई व्याख्या गरेको हुनसक्ने विश्वास गरिएको छ । यसले वान प्लस ७ प्रोमा ९० एचजेट रिफ्रेस रेटको हल्ला सत्य हुनसक्ने सङ्केत दिएको छ ।

खबर अनुसार फोनमा सुपर एमोलेड क्वायड एचडी प्लस डिस्प्ले छ । जसमा ९० एचजेटको रिफ्रेस रेट छ । साथै यसमा चार हजार एमएएच ब्याट्री र ३० वाटको वार्प चार्ज र ट्रिपल क्यामेरा सेटअप डुअल स्पिकर र यूएसबी ३.१ कनेक्टिभिटी दिइएको छ ।