अप्सन बिल्डर्स प्रालि धनगढी कैलालीलाई १४ औं डिलरका रुपमा राखिएको हो ।
काठमाडौं । गोर्खा इको प्यानलको अधिकृत बिक्रेता कैलालीको धनगढीमा पनि राखिएको छ । अप्सन बिल्डर्स प्रालि धनगढी कैलालीलाई १४ औं डिलरका रुपमा राखिएको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले अप्सन बिल्डर्स प्रालिका प्रोपाइटर डम्बर शाहीलाई आधिकारिक डिलरको प्रमाणपत्र दिएका हुन् ।
गोर्खा इको प्यानल बाहिरी तथा भित्री पार्टेसन वाल (पर्खाल) का रुपमा इँटाको विकल्पका रुपमा प्रयोग हुन्छ । यसको प्रयोगबाट निर्माण कार्य छिटो सम्भव हुन्छ ।
आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त यस कम्पनीका देशभर कुल १४ ओटा डिलर रहेको कम्पनीले जनाएको छ । निकट भविष्यमा १५ औं डिलर सन्धीखर्कमा हुन लागेको कम्पनीले बताएको छ ।
यसका उत्पादनहरु हिमाल, तराई, पहाड सबैतिरका निर्माणमा प्रयोगका लागि उपयुक्त हुने बम्पनीले बताएको छ ।