टाटा मोटर्स नेपालद्वारा सार्कस्तरीय स्किलफेस्ट र टेकफेस्ट २०१९ को आयोजना

टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कसपमा संलग्न प्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यका साथ म्याक लुब्रिकेन्ट्सको सहकार्यमा अप्रिल ११ र १२ मा काठमाडौंमा “स्किलफेस्ट र टेकफेस्ट २०१९” सञ्चालन गरेको थियो ।

काठमाडौं । सार्कस्तरीय स्किलफेस्ट र टेकफेस्ट प्रतियोगितामा सेवा सल्लाहकारतर्फ नेपालका उज्ज्वल परियार प्रथम तथा नेपालकै राजाराम केसी दोस्रा भए । तेस्रो पुरस्कार बङ्गलादेशका अब्दुल मलिक र श्रीलंकाका मेलाका पुस्पसराले संयुक्त रुपमा हात पारेका थिए ।

टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कसपमा संलग्न प्राविधिकहरुको ज्ञान र सीपको पहिचान र कदर गर्ने उद्देश्यका साथ म्याक लुब्रिकेन्ट्सको सहकार्यमा अप्रिल ११ र १२ मा काठमाडौंमा “स्किलफेस्ट र टेकफेस्ट २०१९” सञ्चालन गरेको थियो ।

सार्कस्तरीय उक्त प्रतियोगितामा नेपाल, बङ्गलादेश, श्रीलङ्का तथा भुटानबाट जम्मा १२ जना प्राविधिक तथा १२ जना सेवा सल्लाहकार सहभागी भएका थिए ।

त्यसैगरी प्राविधिक वर्गमा नेपालका डेमबहादुर लामा प्रथम हुन सफल भए भने श्रीलङ्काका धनुसका कुमारा दोस्रा र बङ्गलादेशका आलामगीर हुसैन तेस्रा भएका थिए ।
दुवै वर्गका पुरस्कार विजेता तीन–तीन जना प्रतियोगी भारतको पुणेमा हुने विश्वस्तरीय प्रतियोगितामा सहभागी हुनेछन् । सार्कस्तरीय प्रतियोगिता हुनुभन्दा अघि नेपालको प्रतिनिधि छनोटका लागि २५० सहभागीमध्ये विभिन्न तीन चरणको छनोट प्रतियोगिता पार गरी तीन जना प्राविधिक सार्क राउन्डमा सहभागी हुन योग्य भएका थिए ।

त्यसैगरी ५४ जना सेवा सल्लाहकार सहभागीमध्ये अन्तिम तीनको छनोट भएको थियो । कार्यक्रमको आयोजना टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले गरेको थियो ।