एचएच बजाजको नयाँ सोरुम बारामा

नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिद गर्न सहज बनाउने तथा बजाजको बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

काठमाडौं । एचएच बजाजले पूर्ण सुविधासहितको नयाँ सोरुम गुप्ता मोटर्स बाराको कलैयामा सञ्चालनमा ल्याएको छ । एचएच बजाज नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हो ।

नयाँ सोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्ट्स तथा एसेसरिज खरिद गर्न सहज बनाउने तथा बजाजको बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।

नयाँ सोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले एचएच बजाज देशभर रहेका ग्राहकका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।