त्यस्तै कम्पनीले अगामी जूनमा ९८ इन्चको नयाँ ८–के टीभी लन्च गर्दैछ । यसको मूल्य ७० हजार अमेरिकी डलर पर्ने बताइएको छ । नेपाली बजारमा यसको मूल्य ७२ लाख रुपैयाँबराबर हुनेछ ।
एजेन्सी । सोनी कम्पनीले उच्चगुणस्तरको ८–के टीभी ल्याउँदैछ । कम्पनीले ८–के भिजुअल क्वालिटी भएको मास्टर सिरिज जेट९५ बजारमा ल्याउँदैछ, जसको आकार ८५ इन्चको छ । यसको मूल्य कम्पनीले १३ हजार डलर तोकेको छ । नेपाली बजारमा यसको मूल्य करिब १४ लाख ५० हजार रुपैयाँ पर्छ ।
त्यस्तै कम्पनीले अगामी जूनमा ९८ इन्चको नयाँ ८–के टीभी लन्च गर्दैछ । यसको मूल्य ७० हजार अमेरिकी डलर पर्ने बताइएको छ । नेपाली बजारमा यसको मूल्य ७२ लाख रुपैयाँबराबर हुनेछ ।
यो टीभी वास्तवमा सामसुङको एक लाख डलर पर्ने क्यू९०० टीभीको तुलनामा सस्तो छ । जेट९ जी भर्चुआलिटीमा ८–के भिडियो क्वालिटीको अनुभव प्राप्त हुन्छ जुन एकदमै दुर्लभ हो ।
मास्टर सिरिज ए९ जीको ओएलईडी लाइनको सुरुआती मूल्य पछिल्लो वर्षको ए८ एफको तुलनामा धेरै छ । ए९ जी सिरिजको सुरुआती मूल्य ५५ इन्चको टीभीका लागि ३५ सय डलर थियो भने अहिले ७७ इन्चको टीभीको मूल्य आठ हजार डलर छ ।
यी सिरिजका टीभीमा पिक्चर प्रोसेसर एक्स वान अल्टिमेट चिप दिइएको छ । यी टीभीमा नेटफ्लिक्स कैलिब्रेटेड मोड र आईम्याक्स इनहैन्स्ड र इभेन्चुअल एयरप्ले टु पाउन सकिन्छ । यी टीभीमा एप्पल सेन्ट्रिक उपकरणका लागि होमकिट सपोर्ट पनि दिइएको छ ।