आठौँ वर्षमा फुडमान्डू

काठमाडौँका विभिन्न उत्कृष्ट रेस्टुरेन्टबाट खानाका परिकार घरदैलोसम्म उपलब्ध गराउने फुडमान्डू प्रालिले आप्mनो सातांै वर्ष पूरा गरेको छ । यस अवसरमा कम्पनीले आप्mनो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणासमेत गरेको छ ।

आगामी दिनमा आफ्नो सेवा अझ गुणस्तरीय बनाउने, कम्पनीसँग आबद्ध रेस्टुरेन्टको सङ्ख्या बढाउँदै लैजाने कम्पनीको योजना रहेको फुडमान्डूका प्रमुख कार्यकारी अधिकृत मनोहर अधिकारीले बताए । सन् २०१० नोभेम्बरबाट सेवा सुरु गरेको कम्पनीले हालसम्म दुई लाखभन्दा बढी ग्राहकको घरदैलोसम्म डेलिभरी गरिसकेको छ ।