वर्षको पहिलो चौमासिकमा ट्विटरको आय र सक्रिय प्रयोगकर्ता अपेक्षाभन्दा उच्च

अघिल्लो चौमासिकको तुलनामा यस पटक कम्पनीको चौमासिक सक्रिय प्रयोगकर्ताको संख्या ९० लाखले बढेर ३३ करोड पुगेको छ । विश्लेषकहरुले यसको औसत वृद्धि ३१ करोड ८८ लाखसम्म पुग्ने अपेक्षा गरेका थिए ।

एजेन्सी । २०१९ को पहिलो चौमासिकमा सामाजिक सञ्जाल कम्पनी ट्विटरको आय अपेक्षा गरिएको भन्दा पनि राम्रो भएको र मासिक सक्रिय प्रयोगकर्ताको संख्या पनि अद्भुत रुपमा उच्च रहेको बताएको छ । ट्विटरले मंगलबार सार्वजनिक गरेको आफ्नो रिपोर्टमा त्यस्तो बताइएको हो । केही वर्षसम्म सुस्त प्रयोगकर्ताको संख्या रहेको ट्विटरको पछिल्लो प्रगतिले अब यो सामाजिक सञ्जाल प्लेटफर्मले पनि दिगो पथ पहिल्याएको संकेत दिएको छ ।

अघिल्लो चौमासिकको तुलनामा यस पटक कम्पनीको चौमासिक सक्रिय प्रयोगकर्ताको संख्या ९० लाखले बढेर ३३ करोड पुगेको छ । विश्लेषकहरुले यसको औसत वृद्धि ३१ करोड ८८ लाखसम्म पुग्ने अपेक्षा गरेका थिए ।

हजारौं फर्जी तथा शंकास्पद अकाउन्टहरुलाई हटाएर आफ्नो प्लेटफर्मको गुणस्तरतामा सुधार ल्याउन केन्द्रित रहेको ट्विटरले अर्को महिनाबाट चौमासिकबाट मासिक सक्रिय प्रयोगकर्ता अर्थात् एमएयूलाई सार्वजनिक गर्नेछैन । यसको सट्टा उसले मोनिटाइज गर्न सकिने दैनिक सक्रिय प्रयोगकर्ताहरुको संख्या उपलब्ध गराउने योजना बताएको छ ।

मोनिटाइजेबल डेल्ली एक्टिभ युजर्स अर्थात् एमडीएयू पहिलो चौमासिकमा १३ करोड ४० लाखले बढेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि रहेको ट्विटरले बताएको छ । २०१९ को पहिलो चौमासिकमा ट्विटरको आय यसअघिको वर्षभन्दा १८ प्रतिशतले बढेर ७८ करोड ७० लाख अमेरिकी डलर पुगेको छ, जुन वालस्ट्रिटको आकलनभन्दा माथि छ ।