परिसङ्घका अध्यक्ष माेर चीन प्रस्थान

उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि चिनियाँ परिषद (सीसीपीआईटी)द्वारा नेपाली प्रतिनिधि मण्डल र चिनियाँ लगानीकर्ताबीच आयोजित सेमिनारमा परिसङ्घ अध्यक्ष सम्मिलित हुनेछन् भने उनले सीसीपीआईटीका पदाधिकारीहरुसँग वैशाख १३ गते छुट्टै भेटघाट गरी परिसङ्घ र उक्त संस्थाबीचको सहकार्यमा दुवै संस्थाबाट नेपाल र चीनमा गरिने कार्यक्रमका विषयमा छलफल गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमण टोलीमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष सतिशकुमार मोर संलग्न भएका छन् ।

कार्यक्रमअनुसार राष्ट्रपतिको उपस्थितिमा उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि चिनियाँ परिषद (सीसीपीआईटी)द्वारा नेपाली प्रतिनिधि मण्डल र चिनियाँ लगानीकर्ताबीच आयोजित सेमिनारमा परिसङ्घ अध्यक्ष सम्मिलित हुनेछन् भने उनले सीसीपीआईटीका पदाधिकारीहरुसँग वैशाख १३ गते छुट्टै भेटघाट गरी परिसङ्घ र उक्त संस्थाबीचको सहकार्यमा दुवै संस्थाबाट नेपाल र चीनमा गरिने कार्यक्रमका विषयमा छलफल गर्नेछन् ।

परिसङ्घका अध्यक्ष मोरको पहलमा नवलपरासीमा नेपाल र चीनको संयुक्त लगानीको अहिलेसम्मकै ठूलो होङ्सी शिवम् सिमेन्ट उद्योगको स्थापना भई सञ्चालनमा समेत आइसकेको छ । जसबाट चिनियाँ लगानीकर्ताले नेपालमा लगानीको राम्रो वातावरण भएको सन्देश दिएको छ ।

चीन नेपालको प्रमुख व्यापारिक साझेदार भए पनि नेपालले चीनसँग ठूलो व्यापारघाटा सहनु परेको परिसङ्घको विज्ञप्तिमा उल्लेख छ । साथै चीनसँग कनेक्टिभीटीका बारेमा हुने सहमति, समझदारीले पनि नेपालको औद्योगिकीकरणमा ठोस टेवा पुग्ने अपेक्षा परिसङ्घले लिएको बताएको छ ।

‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’का बारेमा समेत दुवै मुलुकका निजी क्षेत्र आपसी हितका बारे कसरी फाइदा लिन सकिन्छ भन्ने बारेमा पनि छलफल हुने अपेक्षा गरिएको छ ।