सुनझैं चम्किने ७५ तले गेभोरा होटलको उँचाइ ३५६ मिटर छ । अझ रोचक कुरा त, यो होटल खुल्नुभन्दा पहिला यो रेकर्ड पनि दुबई सहरकै होटल जेडब्ल्यू म्यारिएट मार्किसको पोल्टामा थियो । पूर्व कीर्तिमानी होटल जेडब्ल्यू म्यारिएट मार्किसको भन्दा गेभोराको उँचाइ एक मिटर बढी छ । दुबई पूरै विश्वमा गगनचुम्बी भवनका लागि प्रख्यात छ ।
युनाइटेड अरब इमिरेटसको सहर दुबईमा विश्वकै सबैभन्दा अग्लो होटल आजदेखि खुलेको छ ।
सुनझैं चम्किने ७५ तले गेभोरा होटलको उँचाइ ३५६ मिटर छ । अझ रोचक कुरा त, यो होटल खुल्नुभन्दा पहिला यो रेकर्ड पनि दुबई सहरकै होटल जेडब्ल्यू म्यारिएट मार्किसको पोल्टामा थियो । पूर्व कीर्तिमानी होटल जेडब्ल्यू म्यारिएट मार्किसको भन्दा गेभोराको उँचाइ एक मिटर बढी छ । दुबई पूरै विश्वमा गगनचुम्बी भवनका लागि प्रख्यात छ । विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खलिफा पनि दुबईमै छ ।
गेभोरा होटल पेरिसको एफिल टावरभन्दा पनि ५६ मिटर अग्लो छ । स्थानीय सञ्चारमाध्यमका अनुसार गेभोराले सोमवारदेखि अतिथिहरुको स्वागत गर्नेछ । गेभोरा होटलमा ५२८ कोठा छन् । हुनत उँचाइमा अहिले दोस्रो नम्बरमा झरेको मार्किस होटलमा १६०८ कोठा छन् ।
होटलमा चारओटा रेस्टुरेन्ट, ओपन एयर पुल र हेल्थ क्लब पनि छन् । यसका अतिरिक्त ७१औं तलामा स्पा पनि छ ।
होटलका केही झलक
विश्वको सबैभन्दा अग्लो यो विशालकाय होटल उँचाइमा ३५६ मिटर छ
अतिथिहरु स्वर्ण लेप गरिएको घुम्ने ढोकाबाट होटलमा प्रवेश गर्छन्
सबैभन्दा सानो कोठा भनेकै ४३ वर्गमिटर ठूलो छ
हावामा ३६५ मिटर माथि रुफटप पुलबार भएको होटलको दाबी छ
अतिथिहरुले होटलबाट मरुभूमीय सहर दुबईको सुन्दर दृश्यावलोकन गर्न सक्नेछन्
पुलटप बारबाट विश्वको सबैभन्दा अग्लो (८२८ मिटर) भवन बर्ज खलिफा आँखै अगाडि देख्न सकिन्छ ।