‘विद्यार्थी अफर’अन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ । सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० ओटा एसएमएस पठाउन सकिने छ ।
काठमाडौं । नेपाल टेलिकमले एसईई परीक्षा दिएर बसेका तथा अन्य विद्यार्थीहरुका लागि विभिन्न अफर उपलब्ध गराइरहेको छ । टेलिकमले पहिलेदेखि नै उपलब्ध गराउँदै आएको सो अफरलाई विद्यार्थीहरुको सुविधा र मागलाई विचार गरी निरन्तरता दिएको हो ।
‘विद्यार्थी अफर’अन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ । सो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ । बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० ओटा एसएमएस पठाउन सकिने छ । यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने छ ।
यसका साथै ‘विद्यार्थी अफर’अन्तर्गत सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसका रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल, ६० एमबी डाटा र २० ओटा एसएमएसको सुविधासमेत उपलब्ध गराउने छ । यो सुविधा उपभोग गर्ने समयावधि ७ दिनको हुनेछ ।
त्यसैगरी अफरअन्तर्गत रजिष्टर गरिएका सिममा ५० रुपैयाँ वा सोभन्दा बढी रकम रिचार्ज गर्दासमेत एक वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था छ । ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल र ५० एमबी डाटा खरिद गर्न सकिने छ । रिचार्ज गरिसकेपछि यो सुविधा ३ दिनभित्र उपभोग गरिसक्नु पर्नेछ ।
अफर २०७६ असार २६ गतेसम्म उपलब्ध छ । अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ ।
एसईई, उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीहरुले यो अफरको सिम लिन सक्ने छन् । एसईई दिएका विद्यार्थीहरुले सो सिम लिनका लागि विद्यालयको आईडी कार्ड वा परीक्षाको एडमिट कार्ड, फोटो र आफ्नो अभिभावकको नागरिकताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।
त्यसैगरी उच्च मावि र सोभन्दा माथिल्लो तहका विद्यार्थीले आफ्नो नागरिकताको प्रमाणपत्र, फोटो र उच्च मावि वा कलेजको परिचय पत्रको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ ।