गर्मीका लागि सीजीले ल्यायाे फ्यान र कुलर

सिलिङ फ्यान विभिन्न स्वरुप र रङमा उपलब्ध छन् । यसको गति अरु फ्यानको तुलनामा निकै बढी छ । यसमा प्रयोग गरिएका ब्लेड एकदमै आकर्षक र विभिन्न रङका छन् । यो फ्यान चलाउँदा आवज नआउने भएकाले यसको माग धेरै छ ।

बढ्दो गर्मी मौसमलाई मध्यनजर गरी सीजीले विभिन्न प्रकारका फ्यान र कुलर बजारमा ल्याएको छ । फ्यानमा सिलिङ, टेबल, स्ट्यान्ड र अल पर्पोज छन् ।

सिलिङ फ्यान विभिन्न स्वरुप र रङमा उपलब्ध छन् । यसको गति अरु फ्यानको तुलनामा निकै बढी छ । यसमा प्रयोग गरिएका ब्लेड एकदमै आकर्षक र विभिन्न रङका छन् । यो फ्यान चलाउँदा आवज नआउने भएकाले यसको माग धेरै छ ।

त्यस्तै स्ट्यान्ड फ्यान पनि विभिन्न आकर्षक रङ र डिजाइनमा उपलब्ध छन् । रिमोट भएका यसलाई सजिलै चलाउन सकिने कम्पनीले बताएको छ । अरु टेबल, वाल र अल पर्पोज फ्यानहरुको पनि माग बढेको छ ।

सस्तोमा एसीको आनन्द लिन सीजीले विभिन्न मोडलका कुलर ल्याएको छ । गर्मी मौसममा यसको प्रयोग गर्नाले स्वास्थ्य एवम् मूल्य दुवैको जर्गेना गर्न सकिने कम्पनीको भनाइ छ । यो कुलरमा आइस च्याम्बर, पावरफुल मोटर, बढी क्षमतायुक्त पानी ट्याङकी जस्ता विशेषता छन् ।