गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । हिमस्टार एलईडी बल्ब नेपालको पहिलो अन्तर्राष्ट्रिय स्तरको सीई सर्टिफाइड एलईडी बल्ब हो, जुन नेपालमा सबैभन्दा धेरै बिक्री हुन्छ । नयाँ एलईडी बल्ब १ सय लुमेन्स पर वाटको विशेषतासहित उपलब्ध छ ।
यसमा उच्च पावर कार्यदक्षता छ । साथै न्यून मात्रामा विद्युत् खपत र उच्च लुमेन्स छ । हिमस्टारको ८ वाटको एलईडी बल्बको मूल्य १ सय ५० रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । यसमा ३ वर्षको वारेन्टी प्रदान गरिएको छ । हिमस्टार एलईडी बल्ब मूल्य, लुमेन्स र गुणस्तरका कारण उत्कृष्ट रहेको कम्नपीको दाबी छ ।
हिमस्टारले विभिन्न लाइटिङ तथा विद्युतीय सामग्री उपलब्ध गराउँछ । यसअन्तर्गत ३ देखि १५ वाटका बल्ब, ०.५ वाटको रङ्गीन बल्ब, ट्युबलाइट्स रिसेस्ड तथा सर्फेस माउन्ट डाउन लाइट, प्यानल लाइट तथा अन्य विभिन्न भित्री र बाहिरी लाइट पर्छन् ।
नेपाली बजारमा हिमस्टार एलईडी बल्ब उपलब्ध भएको घोषणा गर्न पाउँदा निकै हर्षित भएको हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले बताए । ‘हिमस्टार एलईडी बल्बले देशमा भएको लोडसेडिङ कम गर्न तथा केही समस्या समाधान गर्न सहयोग गर्नेछ,’ उनले भने, ‘किनकि यसले न्यून ऊर्जा खपत गर्ने र अन्य एलईडी बल्बहरुको तुलनामा उच्च तहको लुमेन्स प्रदान गर्छ ।’