अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने

मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना हुने सो प्रदर्शनीमा भारत, मलेसिया, चीन, जर्मनीलगायत देशले उत्पादन गरेका कृषियन्त्र र उपकरण रहने छन् ।

कृषि क्षेत्रमा थप व्यावसायिक विकास गर्ने ध्येयले यही फागुन ३ देखि ६ गतेसम्म दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी हुने भएको छ ।

मिडिया स्पेश सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना हुने सो प्रदर्शनीमा भारत, मलेसिया, चीन, जर्मनीलगायत देशले उत्पादन गरेका कृषियन्त्र र उपकरण रहने छन् ।

प्रदर्शनीका साथमा कृषिसम्बन्धी गोष्ठीसमेत हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पत्रकार सम्मेलनमा आयोजक संस्थाका प्रमुख सृजल भट्टराईले प्रदर्शनीमा पशुपालन, माछापालन, कुखुरापालन र डेरीका उत्पादनसमेत रहने बताए ।

रासस