केन्द्रीय तथ्यांक विभागको अनलाइन पोर्टल सुरु

विभागले आइतबारदेखि राष्ट्रिय तथ्यगत विवरण उपलब्ध गराउने उद्देश्यले नेसनलडाटा डट जिओभी डट एनपी अनलाइन पोर्टल सुरु गरेको हो ।

काठमाडौं। तथ्यांक विभागले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । विभागले आइतबारदेखि राष्ट्रिय तथ्यगत विवरण उपलब्ध गराउने उद्देश्यले नेसनलडाटा डट जिओभी डट एनपी अनलाइन पोर्टल सुरु गरेको हो ।

यस पोर्टलमा ३ तहबाटै तयार भएका तथ्यांक उपलब्ध गराइने विभागले जनाएको छ । विभागले आफ्नै अनलाइन पोर्टल सञ्चालन गरेपछि केन्द्रीय प्रदेश र संघका विभिन्न तथ्यांकहरु सेवाग्रहीले सहजै पाउने विभागका महानिर्देशक सुमनराज अर्यालले बताए।