टुर्नामेन्टमा नेपालबाट समूह ‘ए’तर्फबाट क्याम्प टु वीन र ट्रस्ट द प्रोसेस, समूह ‘बी’तर्फबाट एलिमेन्ट्रिक्स, रहेका छन् भने समूह ‘सी’ तर्फबाट मूभ आउट, द डिस्ट्रोयर र हाइप रहेका छन् । यी छ जना खेलाडीहरुले विभिन्न समूहमा रहेर एक अर्कासँग समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौं । चर्चित इन्टरनेट भिडियो गेम पब्जीको २०१९ को अन्तराष्ट्रिय टुर्नामेन्ट ‘पब्जी मोबाइल क्लब ओपन २०१९’ मा छ जना नेपाली पब्जी प्लेयरहरु चयन भएका छन् । २६ अप्रिलदेखि जर्मनीमा सुरु भइरहेको यो अन्तराष्ट्रिय पब्जी प्रतिस्पर्धामा विश्वका विभिन्न दश क्षेत्रका ३०० ओटा टोलीहरु सहभागी भएका छन् ।
टुर्नामेन्टमा नेपालबाट समूह ‘ए’तर्फबाट क्याम्प टु वीन र ट्रस्ट द प्रोसेस, समूह ‘बी’तर्फबाट एलिमेन्ट्रिक्स, रहेका छन् भने समूह ‘सी’ तर्फबाट मूभ आउट, द डिस्ट्रोयर र हाइप रहेका छन् । यी छ जना खेलाडीहरुले विभिन्न समूहमा रहेर एक अर्कासँग समूहमा प्रतिस्पर्धा गर्ने छन् ।
पब्जी कर्प र टिन्सेन्टले आयोजना गरेको यो प्रतिस्पर्धामा टाइटल प्रायोजक स्मार्टफोन निर्माणकर्ता कम्पनी भिभो रहेको छ । टुर्नामेन्टको पुरस्कार रकम २५ लाख अमेरिकी डलर रहेको छ ।
वर्षमा दुईपटक आयोजना हुने यस खेल स्प्रिङ स्प्लिट र फल स्प्लिटमा छुट्याइएको छ । अहिले भइरहेको खेल स्प्रिङ स्प्लिटको हो र यसको फाइनल आगामी जूनमा हुँदैछ भने फल स्प्लिटको फाइनल यसै वर्षको अन्त्यमा हुँदैछ ।
खेलमा विश्वका दश तोकिएका क्षेत्र, चीन, युरोप, भारत, जापान, कोरिया, मध्य एशिया, उत्तर अमेरिका, दक्षिण अमेरिका, दक्षिण पूर्वी एसियालगायत रहेका छन् । यस्तै नेपालका यी छ खेलाडी जुन कुनै पनि दश क्षेत्रबाट प्रतिनिधित्व गर्दैनन् । यीनीहरुलाई वाइल्डकार्ड दिइएको छ । वाइल्डकार्डभित्र पार्ने कुनै क्षेत्रलाई प्रतिनिधित्व नगर्ने यस्ता ३२ खेलाडी रहेका छन् जसलाई चारओटा समूहमा बाँढिएको छ ।
यो टुर्नामेन्टमा शुक्रबारदेखि आइतबारसम्म प्रति दिन पाँचओटा म्याच सञ्चालन हुने छन् । यी खेलहरु हेर्नलाई दुबै अफिसियल स्टुडियो ब्रोडकास्ट इएन र आरयूलाई स्टारल्याडरले होस्ट गर्नेछ ।
पब्जी गेमले बाल मनोविज्ञानमा नकारात्मक असर गरेको र पब्जिकै कारण किशोरकिशोरीहरुले आत्महत्या गरेका समाचारहरु सार्वजनिक हुनथालेकाले सरकारले नेपालमा पब्जी गेममाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
पब्जी खेल्दाखेल्दै ६ बर्षिय बालक बेहोस, हेल्लो सरकारमा उजुरी बढ्दो क्रममा
पब्जी खेलमाथिको प्रतिबन्ध खारेज गर्न सर्वोच्चमा मुद्दा दायर
सर्वोच्चले भन्यो : पब्जी बन्द नगर
यूएईमा पनि पब्जी बन्द गर्नुपर्ने माग, अर्को बालकको पनि गयो ज्यान
पब्जी प्रतिबन्ध लागउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपछि सर्वोच्चले पब्जीमाथि तत्काल प्रतिबन्ध नलगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरिसकेको छ ।
वाइल्डकार्ड अन्तर्गत रहेका खेलहरु हेर्न इएन अन्तर्गत तल दिइएका लिंकहरु हेर्न सक्नुहुन्छ ।
http://clubopen.pubgmobile.com/en/wildcard/
https://www.facebook.com/PUBGMOBILE/
https://omlet.gg/game/com.tencent.ig
https://www.twitch.tv/pubgmobile