मेलामा जुनसुकै ब्रान्डका पुराना मोबाइलसँग सामसुङ्का नयाँ र आधुनिक प्रविधिका स्मार्ट फोन एक्सचेञ्ज गर्न सकिने कम्पनीले बताएको छ । मेला फेब्रुअरी ८ देखि १८ तारिकसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
हिम इलेक्ट्रोनिक्स प्रालिअन्तर्गत सञ्चालित सातओटा सामसुङ प्लाजामा मोबाइल एक्सचेञ्ज मेला सञ्चालन भइरहेको छ । मेलामा जुनसुकै ब्रान्डका पुराना मोबाइलसँग सामसुङ्का नयाँ र आधुनिक प्रविधिका स्मार्ट फोन एक्सचेञ्ज गर्न सकिने कम्पनीले बताएको छ । मेला फेब्रुअरी ८ देखि १८ तारिकसम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।
हाल २ हजारभन्दा बढी मोबाइल सेटहरु एक्सचेञ्ज भइसकेका छन् । उपत्यकाभर फैलिएका सात ओटा सामसुङ प्लाजा दरबार मार्ग, नयाँ बानेश्वर, सिभिल मल, सूर्र्यिवनायक, ललितपुर, नयाँ बजार र चुच्चेपाटीमा यो मेला सञ्चालन भइरहेको छ ।
मेलामा एक्सचेञ्ज गर्न आउने एक ग्राहकले यस्तो किसिमको कार्निभलले पुराना मोबाइल साट्नु पर्ने अवस्था आएकालाई सामसुङको नयाँ टेक्नोलोजीको स्मार्ट फोन किन्ने अवसर जुराई दिएको बताए ।
हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले कार्निभलको शुभारम्भ गर्दै भनिन्, ‘हामी यस्ता किसिमका अवसरलाई निरन्तरता दिइरहने छौं, र यो कार्निभलले हाम्रा ग्राहकको मुहारमा केही भएपनि खुसी ल्याउने छ ।’