ओप्पो ए७१(२०१८) भारतीय बजारमा

अहिले बजारमा आएको ए७१ गत वर्ष आएको ए७१ कै अपग्रेड भर्जन हो । भारतीय बजारमा यसको मूल्य ९ हजार ९ सय ९० राखिएको छ । यो फोन ई–कमर्स वेबसाइटमा पनि उपलब्ध छ ।

चिनियाँ स्मार्टफोन निर्माता ओप्पोले आफ्नो नयाँ ह्यान्डसेट ओप्पो ए७१ भारतमा लन्च गरेको छ । अहिले बजारमा आएको ए७१ गत वर्ष आएको ए७१ कै अपग्रेड भर्जन हो । भारतीय बजारमा यसको मूल्य ९ हजार ९ सय ९० राखिएको छ । यो फोन ई–कमर्स वेबसाइटमा पनि उपलब्ध छ ।

ओप्पो ए७१मा मल्टिफ्रेम डिजाइन प्रविधि र अल्ट्रा एचडीको प्रयोग गरिएकाले धेरै तस्बिरहरुलाई जोडेर ३२ मेगापिक्सल रिजोलुसनसम्मको फोटो बनाउन सकिने कम्पनीको भनाइ छ ।

ओप्पो ए७१ को स्पेसिफिकेसन
यसमा डबल सिम जान्छ । एन्ड्रोइड ७.१ नुगा ३.२ अपरेटिङ सिस्टम राखिएको छ । फोनमा ५.२ इन्चको एचडी ७२०ह१२८० पिक्सल रिजोलुुसनको टीएफटी डिस्प्ले दिइएको छ । डिस्प्लेको आस्पेक्ट रेसियो १८ः९ छ । यसमा क्वालकम स्न्यापड्रयागन ४५० प्रोसेसर छ जसको सबैभन्दा क्लक स्पिड १.८ गिगाहर्ज छ ।

ओप्पो ए७१ मा १६ जीबीको इन्टरनल स्टोरेज दिइएको छ । जसलाई माइक्रो एसडीको मद्दतले २ सय ५६ जीबीसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ । कनेक्टिभिटीका लागि यस फोनमा फोरजी भीओएलटीई, वाईफाई ८०२.११ बीजीएन, ब्लुटुथ भी ४.२, जीपीएस र ए–जीपीएस तथा माइक्रो–यूएसबी छन् । फोनसँगै एउटा ३.५ मिलिमिटरको हेडफोन पनि दिइने कम्पनीले बताएको छ ।

सेन्सरमा एक्सेलरोमिटर, एम्बिएन्ट लाइट, ई–कम्पोज र प्रोक्सिमिटी छन् । ए७१ सेटमा ३ हजार एमएएचको ब्याट्री छ । ब्याट्रीलाई एक पटक फूल चार्ज गरेपछि लगातार १५ घण्टासम्म भिडियोे हेर्न सकिने कम्पनीको दाबी छ । मोबाइलको सामान्य प्रयोग भने १९ घण्टासम्म गर्न सकिन्छ । फोनको तौल १ सय ३७ ग्राम छ ।