जियोमीको तेस्रो जेनेरेशन स्मार्टफोनका यस्ता छन् फिचर

ग्लासको जस्तो दिेखिने यसको स्क्रिन प्लास्टिकबाट बनेको छ । यसको फिचरको कुरा गर्ने हो भने यसमा ६.२६ इन्चको एचडी प्लस १५२०८७२० रेज्यूलेशन डिस्प्ले रहेको छ ।

एजेन्सी । जियोमीले भर्खरै आफ्नो सेल्फी सेन्ट्रिक स्मार्टफोनको तेस्रो जेनेरेशन रेडमी वाइ ३ लाई भारतीय बजारमा लन्च गरेको छ । सेल्फी सेन्ट्रिक जियोमीले गुणस्तर सेल्फी तस्वीरका लागि फ्रन्ट क्यामेरामा ३२ मेगा पिक्सल्सको क्यामेरा सेन्सर राखेको छ ।

यो रेडमी वाइ ३ को लुक्स उसका यसअघिका पूर्खा फोनहरुको तुलनामा निकै स्टाइलिश देखिन्छ । ग्लासको जस्तो दिेखिने यसको स्क्रिन प्लास्टिकबाट बनेको छ । यसको फिचरको कुरा गर्ने हो भने यसमा ६.२६ इन्चको एचडी प्लस १५२०८७२० रेज्यूलेशन डिस्प्ले रहेको छ ।

यसमा क्वालकम स्नापड्रागन ६३२ प्रोसेसर रहेको छ भने स्टोरेजको आधारमा दुईओटा भेरियन्ट एउटाको तीन जिबी ¥याम प्लस ३२ जीबी इन्टरनल स्टोरेज र दोस्रोको चार जीबी ¥याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको छ जसलाई एसडीकार्डको सहयोगबाट ४१२ जीबीसम्म बढाउन सकिन्छ ।

यसमा ब्याक क्यामेरा सेटअपमा ड्योल क्यामेरा १२ मेगा पिक्सल्स प्लस दुई मेगा पिक्सल्स रहेको छ भने यसको फन्ट क्यामेरामा ३२ मेगा पिक्सल्स रहेको छ । यसको बैट्री ४००० एमएएचको रहेको छ ।

भारतमा दुई भेरियन्टमध्ये एउटाको मूल्य ९,९९९ भारु रहेको छ भने अर्कोको ११,९९९ भारु रहेको छ ।