एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७३/०७४ का लागि प्रतिहजार न्यनतम ४१ देखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको थियो । एसियले २५ वर्षमाथिको बिमालेखमा ८५ र एलआइसी नेपालले ५ वर्षको अवधिमा सो बोनस दिने भएको हो । एसियन लाइफले नयाँ बोनस दर घोषणा गरेको छैन ।
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) र एसियन लाइफ इन्स्योरेन्स लिमिटेड बिमितलाई सबैभन्दा बढी बोनस दिने कम्पनी भएका छन् । एलआईसीले प्रतिहजार वार्षिक न्युनतम ६६ देखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । आर्थिक वर्ष ०७४/०७५ का लागि एलआइसीले नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीको बोनस दर हेर्न यहाँ क्लिक गर्नुहोस
यस्तै एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष ०७३÷०७४ का लागि प्रतिहजार न्यनतम ४१ देखि ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको थियो ।
एसियले २५ वर्षमाथिको बिमालेखमा ८५ र एलआइसी नेपालले ५ वर्षको अवधिमा सो बोनस दिने भएको हो ।
एसियन लाइफले नयाँ बोनस दर घोषणा गरेको छैन ।एलआईसीको नयाँ बोनस दरलाई नियामक बिमा समितिले स्वीकृत गरेको छ । एलआईसी नेपाल र एसियन सबैभन्दा बढी बोनस दर दिने कम्पनीमा सूचिकृत भएका हुन ।
हाल समितिले १९ ओटा कम्पनीलाई जीवन बिमा व्यवसाय गर्न अनुमति दिएको छ । यी मध्ये १० ओटा नयाँ छन् । आर्थिक वर्ष ०७३र०७४ सम्म ६ ओटा जीवन बिमा कम्पनीले मात्र बिमितलाई दिने बोनस दर घोषणा गरेको समितिले जानकारी दिएको छ ।
एलआईसीले आर्थिक वर्ष ०७३/०७३ मा न्युनतम ६१ देखि ७५ रुपैयाँसम्म बोनस दर घोषणा गरेकोमा बढाउन सफल भएको छ । एलआईसी नेपालमा लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ इन्डियाको बहुमत स्वामित्व छ ।एलआईसीले सावधिक जीवन बिमालेखमा न्युनतम ६६ देखि ८०, अग्रिम भुक्तानी सावधिकमा जीवन बिमालेखमा ६६ देखि ६८, आजिवन बिमालेखमा ६६ देखि ८० र जीवन तरङ्ग बिमालेखमा ६६ देखि ७७ रुपैयाँसम्म बोनस दिने भएको छ ।
एलआईसीले जीवन आस्था योजना अनुसार ८० देखि ८५ सम्म बोनस दिने जानकारी गराएको हो ।यसअघि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सर्वाधिक बोनस दिने कम्पनी रहेको थियो । नेपाल लाइफले प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म बोनस दर घोषणा गरेको थियो ।
नेपाल लाइफले नयाँ बोनस दर भने घोषणा गरेको छैन ।आर्थिक वर्ष ०७३र०७४ मा एलआइसी र नेपाल लाइफबाहेक प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, मेटालाइफ इन्स्योरेन्स, एसियन लाइफ इन्स्योरेन्स लिमिटेडले मात्र बिमितलाई दिने बोनस दर घोषणा गरेको समितिले जनाएको छ ।
समितिका अनुसार सूर्या लाइफले न्युनतम ३८ देखि ७३ रुपैयाँसम्म बिमितलाइ बोनस दिने घोषणा गरेको थियो । यस्तै प्राइम लाइफले ३५ देखि ७५, एसियन लाइफले ४१ देखि ८५, मेटालाइफले ४५ देखि ७० सम्म बिमितिलाई बोनस दिने घोषणा गरेको छ । समितिका अनुसार नेपालमा जीवन बिमा व्यवसाय गर्नेमा १९ कम्पनी भएका छन् ।
यी मध्ये महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड छन् ।
यस्तै ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सनलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड नयाँ जीवन बिमा व्यवसाय गर्ने कम्पनी हुन् । यीनिहरुले बिमितलाई दिने बोनस दर घोषणा गरेका छैनन् ।