नेपाल अायल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । निगमले राति 12 बजेदेखि लागू हुने गरि पेट्रोलमा एक रूपैयाँ 50 र डिजेल/मट्टीतेलमा 1 रूपैयाँ बढाएकाे निगमका प्रवक्ता विरेन्द्र गाेईतले जानकारी दिए ।
नेपाल आयल निगमबाट पेट्रोल र डिजेल/मट्टितेलको साविकको खुद्रा मूल्यमा निम्नानुसार प्रति लिटर मूल्य थप गरी समायोजन गरिएको छ । हवाई ईन्धन र एल.पि.ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।
अबदेखि पेट्रोलकाे प्रतिलिटर १ सय ११ पैसा र डिजेल / मट्टितेलकाे रू . ९८ पुगेकाे छ। पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा यु.यस.डलरको तुलनामा नेपाली/भारतीय मुद्राको अवमुल्यन भएको र सोही मुताविक इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा प्राप्त मूल्य बढेर आएकोले मूल्य विश्लेषण गरी समायोजन गरिएको हो ।