भ्यालेन्टाइन्स डेमा एउटा मोबाइल किन्दा अर्को सित्तैमा

फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैमा अर्को एउटा मोबाइल पाउनेछन् । यसका साथै हात खाली नजाने उपहार पनि छ ।

केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफरसहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन्स डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवात गर्दै मोबाइल हबले दसैंतिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताको गोलाप्रथा खोलेको छ ।

चाबहिल चुच्चेपाटी स्थित केएल टावरको भुइँतलामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफरसहित ‘अफरभित्र पनि अफर’ नामक मोबाइल मेला आयोजना गरेको हो । फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैमा अर्को एउटा मोबाइल पाउनेछन् । यसका साथै हात खाली नजाने उपहार पनि छ ।
मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रूपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा चार हजार रुपैयाँबराबरको दुईजनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ ।

साथै मोबाइल हबले मेला अवधिभर विभिन्न किसिमका खेल तथा अफर पनि सञ्चालन गरिरहेको छ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरूले विभिन्न किसिमका उपहार तथा छुट पाउनेछन् ।