विद्युत प्राधिकरणले सवारीसाधन चार्जिङ स्टेसन बनाउन माग्यो प्रस्ताव, १५ दिनभित्र पेश गर्नुपर्ने

कम्तिमा ५० ओटा सवारीसाधन पार्किङ गर्न सक्ने र ३ ओटा विद्युतीय सवारीसाधन चार्ज हुन सक्ने डेडिकेटेड पार्किङ स्पेश उपलब्ध गराउन प्राधिकरणले प्र्रस्ताव माग गरेको छ ।

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधन चार्ज गर्ने चार्जिङ स्टेसन निर्माणका लागि प्र्रस्ताव माग गरेको छ । विद्युत प्राधिकरणले ‘डीसी बुस्ट’ चार्जिङमार्फत दु्रत गतिमा सवारीसाधन चार्ज गर्ने संरचना बनाउनका लागि १५ दिनभित्र निवेदन दिन आह्वान गरेको हो ।

कम्तिमा ५० ओटा सवारीसाधन पार्किङ गर्न सक्ने र ३ ओटा विद्युतीय सवारीसाधन चार्ज हुन सक्ने डेडिकेटेड पार्किङ स्पेश उपलब्ध गराउन प्राधिकरणले प्र्रस्ताव माग गरेको छ ।

प्राधिकरणले चार्जिङ स्टेसन स्थापना गर्न सर्वसाधारणको बढी आवतजावत भइरहने, सहज पहुँच भएका र आवश्यक स्थान उपलब्ध हुन सक्ने व्यापारिक भवन, सुपरमार्केट, सिनेमा हल, पार्क, विश्वविद्यायल, सरकारी निकाय, अस्पताल र होटल उपयुक्त क्षेत्र हुन सक्ने प्राधिकरणले जनाएको छ ।

चार्जिङ स्टेसनको निर्माणको काम विद्युत प्राधिकरण आफैँले गर्ने भएको छ । सरकारले विद्युतीय परिवहनलाई प्रवद्र्धन गरेको भन्दै यसमा सघाउने प्राधिकरणले स्पष्ट पारेको छ ।