रेडमी ७ः बजेट मूल्यमा प्रिमियम फोन

तर, रेडमी ७ बजेट फोन मात्र होइन, यसले आफ्नो यस सिरिजमा पूर्ण रिभाइज्डसँगै व्यापक परिवर्तन ल्याएको छ । प्रिमियम डिजाइनका साथमा क्वाल्कम स्नापड्रागन ६३२ प्रोसेसर र नयाँ डट नोचसहितको डिस्प्लेका साथ रेडमी ७ बजारमा आएको छ । यद्यपि यति मात्रैले पनि रेडमीलाई बजेट फोन भने बनाउँदैन ।

एजेन्सी । सामसुङ ग्यालेक्सी एम १० सँग समान मूल्यका साथ प्रतिस्पर्धा गर्न बजार छिरेको छ– शाओमी रेडमी ७ । रेडमी ७ को मूल्य ७,९९९ बाट सुरु हुन्छ भने सामसुङ एम १० को मूल्य ७,९९० बाट ।

तर, रेडमी ७ बजेट फोन मात्र होइन, यसले आफ्नो यस सिरिजमा पूर्ण रिभाइज्डसँगै व्यापक परिवर्तन ल्याएको छ । प्रिमियम डिजाइनका साथमा क्वाल्कम स्नापड्रागन ६३२ प्रोसेसर र नयाँ डट नोचसहितको डिस्प्लेका साथ रेडमी ७ बजारमा आएको छ । यद्यपि यति मात्रैले पनि रेडमीलाई बजेट फोन भने बनाउँदैन ।

६.२६ इन्चको एचडी प्लस डिस्प्ले, दुई जीबी र अर्को तीन जीबी र्याम प्लस ३२ जीबी स्टोरेज । १२ र दुई मेगा पिक्सल्सको रेयर क्यामेरा, आठ जीबीको फ्रन्ट क्यामेरा, चार हजार एमएएचको ब्याट्री, पानी र धूलो रेस्सिटेन्टमा पीटुआई रेटिङ पाएको एन्ड्रोएड पाईसहितको एमआईयूआई १० फोन हो रेडमी ७ ।

दुई भेरियन्टमा उपलब्ध यो फोनको दुई जीबीको मूल्य ७,९९९ र तीन जीबी भेरियन्टको मूल्य ८,९९९ रुपैयाँ छ ।

रेडमीको यो सिरिजमा विगतका भर्जनको तुलनामा रेडमी ७ एकदमै सुधार गरिएको फोन हो । यो दश हजारभन्दा कम मूल्यमा पाइने अन्य फोन जस्तो छैन । यसको प्रिमियम लुक्समा पीटुआई कोटिङले यसलाई धूलो, धुवाँ र पानीबाट सुरक्षित राख्नुका साथै स्मार्ट लुक्स दिएको छ ।

रेडमी ७ ६.२६ इन्चको मात्र भए पनि यसमा गेम खेल्न र भिडियो हेर्दा मूल्यअनुसार राम्रै क्वालिटी आउँछ । सबै सिनमा फोनले सुहाउँदो रंग दिन्छ ।

रेडमी ७ को प्रमुख आकर्षण भनेको उसको चार हजार एमएएचको ब्याट्री हो । भरपूर मात्रामा चलाउँदा पनि यो फोनको ब्याट्री एक दिनभन्दा बढी टिक्छ भने सामान्य चलाउँदा दुई दिनभन्दा बढी चल्छ ।