फियाटको ‘पुन्टो इभो प्योर’

नेपालका लागि विश्वकै सातौँ ठूलो अटो निर्माता कम्पनी फियाट क्रिस्लर अटोमोबाइलको आधिकारिक बिक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो प्योर फियाट ब्रान्डको इन्ट्री लेभल ह्याचब्याक बनेको छ ।

नयाँ पुन्टो इभो प्योरमा फियाटको सिग्नेचर ‘रिइनडियर’ हेडल्याम्प, क्वालिटी बिल्ड र अतुलनीय अनरोड डाइनामिक्सजस्ता विशेषता छन् । ४ सिलिन्डरयुक्त १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएका कारण ६ हजार आरपीएममा अधिकतम ६८ पीएस पावर र २ हजार ५ सय आरपीएममा ९६ एनएम अधिकतम टर्क उत्पन्न गर्छ । नयाँ पुन्टो इभो प्योर फियाट ब्रान्डको सबैभन्दा सस्तो फाइभ–डोर कार हो । नेपालका लागि यो कारको मूल्य २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

‘पुन्टो इभो प्योरको आगमनले फियाटको पोर्टफोलियो अझ बलियो बनेको छ । ग्राहकहरुले फियाटको डिजाइन, स्टाइलिङ र अनरोड डाइनामिक्सलाई सदा प्रशंसा गर्नुभएको छ । अब उहाँहरुले आकर्षक मूल्यमा गुणस्तर र आधुनिक फिचरले भरिएको युरोपियन ह्याचब्याक खरिद गर्न सक्नुहुनेछ,’ लाइफ अटोमोबाइलका चिफ जनरल म्यानेजर सुरज मानन्धनरले भने ।

४५ लिटर क्षमताको फ्युल ट्याङ्क रहेको नयाँ कारले २० दशमलव ३ किलोमिटरको माइलेज दिन्छ । एक्जोटिक रेड, बोस्सोनोभो ह्वाइट र हिपहप ब्ल्याक गरी यो कार तीनओटा एक्साइटिङ कलरमा उपलब्ध छ । पर्फेक्ट फेमिली कारको छवि बनाउन सफल पुन्टो इभो प्योर भारतमै उत्पादित भए पनि युरोपेली इन्जिनियरिङ मापदण्डलाई पालना गरी बनाइएको हो । हाइड्रोलिक एडजस्टेबल पावर स्टेरिङले ‘रोड फिल’लाई प्रत्याभूत गर्छ र यसमा बेस्ट इन क्लास ग्राउन्ड क्लेरेन्स (१९५ एमएम) छ, जुन नेपाली सडकको अवस्थाका लागि उत्तम छ ।
पुन्टो इभो प्योरको निर्माणमा यात्रुको सुरक्षालाई विशेष ध्यान दिइएको छ । इन्जिन इमोबिलाइजर, क्रम्पल जोन, डबल क्र्याङ्क प्रिभेन्सन सिस्टम, फायर प्रिभेन्सन सिस्टम, स्मार्ट वाइपर र सेन्ट्रल लकिङ यसका विशेषता हुन् ।

पुन्टो इभो प्योरको बुट स्पेस पनि निकै ठूलो छ, जसले गर्दा यो कार विकेन्डका लागि उपयुक्त छ । कारमा डिस्ट्यान्स टू इम्प्टी इन्डिकेटर, एभरेज फ्युल इफिसियन्सी इन्डिकेटर, सिट बेल्ट वार्निङ, डोर अजार वार्निङ, फलो मी हेडल्याम्प, डिजिटल क्लक, डिजिटल ओडोमिटर, डिजिटल ट्रिप मिटरलगायत सुविधा यसमा छन् ।

लाइफ अटोमोबाइलले फियाट पुन्टो इभो प्योरमा दुई वर्षको वारेन्टीसमेत दिएको छ ।