मुलुकमा लगानी वातावरण बन्छ : ढकाल

लम्जुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा लम्जुङस्थित बेसीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्सवका अवसरमा ढकालले यस्तो बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब मुलुकमा लगानी वातावरण बन्ने बताएका छन् । मुलुकमा स्थायी सरकार आई पर्याप्त मात्रामा लगानीको वातावरण बन्ने उनको विश्वास छ ।

जलविद्युत् र पर्यटनजस्ता क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ छ । व्यापार–व्यवसायको प्रवद्र्धन गर्न स्थानीय उद्योगी–व्यवसायीलाई सहयोग पु¥याउने कार्यमा नेपाल उद्योग वाणिज्य महासङ्घ दत्तचित्त भएर लागेको उनले बताए । लम्जुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा लम्जुङस्थित बेसीसहरमा आयोजित दोस्रो बेशीसहर महोत्सवका अवसरमा ढकालले यस्तो बताएका हुन् ।

लमजुङ जिल्ला जलस्रोतले सम्पन्न भएको र त्यस्तो अपार जलस्रोतलाई उपयोग गर्नुपर्नेमा उनले जोड दिए । पर्यटन र जलविद्युत् नेपालको दिगो आर्थिक विकासका लागि महत्वपूर्ण क्षेत्र रहेको उनको भनाइ छ ।