धूलो दूध आयात प्रतिबन्धको नाजायज फाइदा उठाउँदै उद्योगी, २५ केजी ब्यागको मूल्य १४ हजार रुपैयाँसम्म

काठमाडौं । कृषि मन्त्री चक्रपाणी खनाललाई उक्साएर आयात प्रतिबन्ध गर्न सफल भएका उद्योगीले २५ केजी धूलो दूधको मूल्य ४ हजार रुपैयाँ बढाएका छन् । धूलो दूध आयात प्रतिबन्ध लगाएको भोलिपल्ट दुग्ध विकास संस्थान (डीडीसी) र सुजल डेरीले मूल्य नबढाउन कृषिमन्त्री खनालसमक्ष प्रतिवद्धता जनाएका थिए । तर, मूल्य बढाएको एक महिनामै १० हजार रुपैयाँमा पाइँदै आएको धूलो दूधको मूल्य १४ हजार ५ सय रुपैयाँसम्म पु¥याएका थिए ।

कृषि मन्त्री खनालले आयात प्रतिबन्ध लगानुपूर्व नेपालमा १० हजार ५ सय रुपैयाँमा धूलो दूध पाइँदै थियो । त्यो बेला भारतबाट नेपालमा आयात भएको धूलो दूधको २५ केजीको बोराको मूल्य १० हजार ८ सय रुपैयाँ थियो ।
भारतबाट आयात भएको दूधको तुलनामा नेपालको दूध संस्तोमा बेचिरहेका उद्योगीले आयात प्रतिबन्धपछि मनलाग्दी रुपमा मूल्य तय गरेर बेचिरहेका छन् ।

भारतबाट आयातीत धूलो दूधसँग प्रतिस्पर्धा गरिरहेकै बेला मन्त्री खनालले आयात प्रतिबन्ध गराएपछि उद्योगीले त्यसको नाजायज फाइदा उठाएको बिस्कुट उद्योगीको भनाइ छ । ‘स्वदेशी उद्योगले त्यो बेला पनि घाटामा धूलो दूध आयात बेचेका थिएनन्, तर भारतबाट आयातीत दूध भन्दा संस्तो मूल्यमै बेचेका थिए’ ती उद्योगीले भने, ‘तर, अहिले चर्को मूल्य लिएर धूलो दूध बिक्री भइरहेको छ ।’

 

आयात बन्द गर्नुपूर्व २५ केजी ब्यागको १० हजार रुपैयाँ मूल्य थियो । तर, अहिले १४ हजार रुपैयाँ पुगेको विभागको भनाइ छ । विभागका अनुसार उद्योगीले मन्त्रीलाई झुक्याएका छन् । मन्त्रीका अघि मूल्य बढाउँदैनौ भन्ने, एक महिना बित्न नपाउँदै मूल्य बढाउन सुरु गर्ने ? विभागका एक कर्मचारले प्रश्न गरे ?

बजारमा अभाब देखाउने र चर्को मूल्य लिएर धूलो दूध बेच्ने खेलमा केही उद्योगी लागेका छन् । बिस्कुट तथा आइसक्रिम उद्योगको अत्यावश्यक कच्चा पदार्थ भनेको धूलो दूध हो । बाध्य भएर उद्योगीले तोकेकै मूल्यमा किन्नुपर्ने अवस्था छ । यदि नकिने उद्योग बन्द गर्नुको विकल्प नरहेको उनीहरुको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक उच्च अधिकारीका अनुसार आयात बन्द गरेपछि पनि उद्योगीले कुनै हालतमा धूलो दूधको मूल्य नबढाउने सहमति गरेका थिए । तर, उनीहरु आफैले गरेको सहमति एक महिना पनि टिक्न नसकेको विभाग स्रोतको भनाइ छ ।
खासगरी उनीहरुले मूल्य नबढाउने, बजारको मागलाई धान्न सक्ने बताएपछि मन्त्री खनालले आयात प्रतिबन्ध लगाएका विभाग स्रोतको भनाइ छ । सरकारले आयात रोक्ने बित्तिकै धूलो दूधको मूल्य पनि बढाएको विभाग आफै स्वीकार गर्छ ।

 

कृषि मन्त्री खनालले आयात प्रतिबन्ध लगानुपूर्व नेपालमा १० हजार ५ सय रुपैयाँमा धूलो दूध पाइँदै थियो । त्यो बेला भारतबाट नेपालमा आयात भएको धूलो दूधको २५ केजीको बोराको मूल्य १० हजार ८ सय रुपैयाँ थियो ।

आयात बन्द गर्नुपूर्व २५ केजी ब्यागको १० हजार रुपैयाँ मूल्य थियो । तर, अहिले १४ हजार रुपैयाँ पुगेको विभागको भनाइ छ । विभागका अनुसार उद्योगीले मन्त्रीलाई झुक्याएका छन् । मन्त्रीका अघि मूल्य बढाउँदैनौ भन्ने, एक महिना बित्न नपाउँदै मूल्य बढाउन सुरु गर्ने ? विभागका एक कर्मचारले प्रश्न गरे ?

‘मूल्य बढाउँदैनौ, गुणस्तर कायम गर्छौ र माग अनुुसार आपूर्ति गर्छौ भनेर मन्त्रीलाई झुक्याए,’ विभागका अधिकारीले क्यापिटल नेपाललाई भने, ‘उद्योगी मिलेर मन्त्रीज्यूलाई फसाएका हुन् । अहिले मन्त्रीज्यूले बुझिसक्नु भएको छ ।’