शाओमीद्वारा ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक

आश्चर्यजनक औरा प्रिज्म डिजाइनसँगै रेडमी वाई ३ ले अघिल्लो पुनरावृत्तिबाट महत्त्वपूर्ण फड्को मारेको छ । क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट सञ्चालित तथा उच्च क्षमता भएको ४००० एमएएच ब्याट्री भएको यो स्मार्टफोनले नेपाली ग्राहकलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्ट नवीनतम प्रविधि ल्याएको कोठारीले बताए ।

काठमाडौ । विश्वव्यापी टेक्नोलोजी लिडर शाओमीले ३२ मेगा पिक्सल्सको सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ । यसले पहिलो पटक रेडमी वाई सिरिजमा क्रियो आर्किटेक्चर ल्याएको हो ।

फोन सार्वजनिक कार्यक्रममा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी हाम्रा ग्राहकमाझ सबैभन्दा नयाँ रेडमी वाई ३ ल्याउन पाउँदा निकै उत्साहित छौँ । ३२ एमपी सुपर सेल्फी क्यामेराको यो फोनसँगै हाम्रा एमआई ग्राहकले सेल्फीको अनुभव पुनःपरिभाषित गर्न सक्नेछन् ।’

आश्चर्यजनक औरा प्रिज्म डिजाइनसँगै रेडमी वाई ३ ले अघिल्लो पुनरावृत्तिबाट महत्त्वपूर्ण फड्को मारेको छ । क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट सञ्चालित तथा उच्च क्षमता भएको ४००० एमएएच ब्याट्री भएको यो स्मार्टफोनले नेपाली ग्राहकलाई सुलभ मूल्यमा सबैभन्दा उत्कृष्ट नवीनतम प्रविधि ल्याएको कोठारीले बताए ।

फोनको अघिल्लो भागमा कर्निङ गोरिल्ला ग्लास ५ छ र मजबुत कर्नर तथा पीटुआई न्यानो कोटिङले यस उपकरणलाई पानीबाट जोगाउन मद्दत गर्दछ ।

३२ एमपीको सुपर सेल्फी

अघिल्लो रेडमी वाई सिरिज फोनले बनाएको विरासतलाई महत्त्वपूर्ण फड्को मार्दै, रेडमी वाई ३ ले ३२ एमपी सेल्फी क्यामेरा भित्र्याएको छ । यसले आजका कन्टेन्ट क्रेटरहरुका लागि योग्य भएको ठहर गर्दै राम्रो स्थान बनाएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएससँग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर हो । यसमा १२ र दुई मेगा पिक्सल्सका डुअल रियर क्यामेरा पनि छन् ।

१.६ माइक्रो मिटर सुपर पिक्सेल साइजसँगै रेडमी वाई ३ बाट हल्कादेखि जीवनउपयोगी छवि सृजना गर्ने सेल्फी र भिडियोहरु लिन सकिन्छ । सहज स्क्रिन फ्ल्यासको माध्यमबाट कम प्रकाशमा पनि सेल्फी लिन सकिन्छ जुन स्वचालित रुपमा सक्षम वा फोर्स इनेबल गर्न सकिन्छ ।

यो फोन ३२ एमपी सेल्फी क्यामेरासहित पाल्म सटर मोडमा उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमा पाल्मको इसारामा ३ सेकेन्डको टाइमर ट्रिगर गर्न सक्छन् ।

औरा प्रिज्म डिजाइन

रेडमी वाई ३ मा औरा डिजाइनले मूर्त रुप दिन्छ, तर फोनको पछिल्लो भागमा प्रिज्म जस्तै इफेक्ट ढाँचामा चलिरहेको जटिल माइक्रो लाइनसँग रेडमी वाई ३ ले पहिलो पटक यस सेग्मेन्टमा कहिल्यै नभएको फिचर ल्याएको छ ।

६.२६ इन्च (१५.९ सीएम) एचडी प्लस डट नोच डिस्प्लेसँगै कर्निङ गोरिल्ला ग्लास ५ ले रेडमी वाई ३ लाई औरा डिजाइनका साथ अद्भुत अनुभव प्रदान गर्दछ । एलिजेन्ट ब्लु , बोल्ड रेड र प्राइम ब्ल्याक रङमा उपलब्ध रेडमी वाई ३ ले व्यक्तित्व विस्तार गर्न मद्दत गर्दछ ।

क्रियो कम्प्युटिङ स्न्यापड्रेगोन ६३२

पहिलो पटक रेडमी वाई सिरिजमा स्न्यापड्रेगोन ६३२ मोबाइल प्लेटफर्मसँगै कस्टम क्वालकम क्रियो कोर विशेषता ल्याएको हो । स्न्यापड्रेगोन ६३२ मोबाइल प्लेटफर्ममा चार कोरको दुई ओटा हिस्सामा ८ क्रियो २५० कोर छ, जुन हार्डवेयर इन्टेन्सिभ राम्रो तरिकाले गर्न विभाजन गरिएको हुन्छ । सक्षम एडे«नो ५०६ जीपीयूसँग रेडमी वाई ३ अत्याधुनिक गेम र भिजुअलका लागि पनि योग्य छ ।

रेडमी वाई ३ ले प्रयोगकर्तालाई २ दिनसम्म चल्ने ४००० एमएएच ब्याट्री दिएको छ, जुन योभन्दा अगाडि रेडमी नोट स्मार्टफोनमा मात्र उपलब्ध थियो ।

यसमा फिङ्गर प्रिन्ट र फेस रिकग्निसन सेन्सर पनि छन् ।

मूल्य र उपलब्धता

रेडमी वाई ३, ३ जीबी प्लस ३२ जीबी भेरियन्टका लागि १८,४९९ र ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि २१,४९९ रुपैयाँमा ६ मईबाट देशभर नौ सयभन्दा बढी अफलाइन स्टोर र दराजडटकममा उपलब्ध हुनेछ ।