...
बुधबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलबार प्रतितोला ५९ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको प्रतितोला ५९ हजार ४ सय रुपैयाँले कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला बुधबार ७ सय २५ रुपैयाँका दरले कारोबार भइरहेको छ ।