रातो मछिन्द्रनाथको रथ तान्ने जात्रा सुरु(फोटोफिचर)

खासगरी काठमाडौं उपत्यकामा परम्परागत रुपमा यो जात्रा मनाइदै आएको हो ।

आजबाट रातो मछिन्द्रनाथको रथ तान्ने काम सुरु भएको छ । बुधबार पुलचोकबाट तानिएको दुवै रथलाई गाभाहलमा राखिएको छ । जेठ मसान्तसम्म रातो मछिन्द्रनाथको जात्रा मनाइने छ ।

वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथ रथयात्रा परम्परादेखि नै मनाइन्छ । बुधबार रथको धँमामा भैरबको मुकुट र दायाँ वाया नाग राखिएको छ । स्थानीयले रथ यात्राका क्रममा स्थानीयले रथको पूजा पनि गर्ने गर्छन् ।

रथ तानेको हेर्न सडक र विभिन्न घर भवनका छतदेखि देखि नै रथयात्रा हेर्ने मानिसको भीड थियो । गाबाहलबाट रथलाइ सुन्धारातर्फ लगिने छ ।

सुन्धाराबाट महाबौद्ध र चाकुबहाल हुँदै लगनखेल लगिन्छ । लिच्छवी राजा नरेन्द्रदेवका पालामा भारतको कामरूप कामाख्या गई ’वुंगद्य’ अर्थात् रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको जनविश्वास छ।