चिनियाँ कम्पनीका एडब्लू–८००एच र एडब्लू–८००के मोडेलका माइक्रो टिल्लेज

मिडिया स्पेस सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना भएको दोस्रो नेपाल एग्रिटेक मेलामा उक्त नयाँ मेसिन सार्वजनिक गरिएको हो ।

चिनियाँ कम्पनी चोङकिङ मोटिभिटी प्राइभेट लिमिटेडले एडब्लू–८००एच र एडब्लू–८००के मोडेलका माइक्रो टिल्लेज नामक कृषिका लागि बहुउपयोगी यन्त्र नेपालमा सार्वजनिक गरेको छ । मिडिया स्पेस सोलुसन्स प्रालिको संयोजनमा भृकुटीमण्डपमा आयोजना भएको दोस्रो नेपाल एग्रिटेक मेलामा उक्त नयाँ मेसिन सार्वजनिक गरिएको हो ।

विशेषगरी नेपालको ग्रामीण कृषि व्यवसायलाई नयाँ प्रविधिमा रुपान्तरण गर्ने उद्देश्यले नेपालका लागि आधिकारिक बिक्रेता बीटीएल टे«ड प्रालिले नेपालमा यो मेसिन भित्र्याएको हो । कम खर्चमा धेरै उत्पादन बढाउन र ग्रामीण भेगका जनतालाई कृषिमा आत्मनिर्भर बनाउन माइक्रो टिल्लेज निकै उपयोगी भएको कम्पनीका सुदिप अर्याल बताउँछन् । विशेषत यो मेसिन पहाडि भेगका लागि उपयुक्त मानिएको छ, जहाँ ठूला सवारीसाधन पुग्न कठिन छ ।

मेसिनको तौल जम्मा ४० केजी भएकाले खेतबारी खन्न, जोत्न, ड्याङ् पार्न र बालिनाली गोड्ने काममा धेरै सजिलो हुने अयार्लको भनाइ छ । नेपाली बजारमा यसको मूल्य ६० हजार रुपैयाँ पर्ने र सो मूल्यमा ग्राहकलाई केहि छुट दिन सकिने कम्पनीले जानकारी दिएको छ । यो मेसिनले एक लिटर पेट्रोलमा न्यूनतम २ देखि ३ घण्टासम्म धान्ने कम्पनीको दाबी छ । मेसिनमा जडान गरिएको फाली जमिनमा ७–इन्च गाडिने भएकाले काम गर्न सहज हुने अर्यालले बताए ।

माइक्रो टिल्लेजमध्ये एडब्लू–८००एच मोडलको इन्जिन एलसीआई १७५ एफ, अधिकतम आउटपुट ४.१ किलोवाट, टेलिङ् स्कोप ६ सय ५० एमएम, टेलिङ् डेप्थ १०० देखि १२० सम्म र फङ्सन प्लाउजिङ् जस्ता विशेषता छन् । त्यस्तै एडब्लू–८००ए मोडलमा एडब्लू–८००एचमा भएका सबै कन्फिगिरेसनका साथै आरटी १७३ एफ डिजेल इन्जिन, गियर सिफ्टमा स्टेपलेस स्पिड परिवर्तन लगाएतका विभिन्न विशेषता छन् ।

बीटीएल कम्पनीका म्यानेजर सन्तोष श्रेष्ठले भने, ‘यस मेसिनले नेपालको आर्थिक तथा कृषि व्यवसायलाई आगामी दिनहरुमा निकै सुधार ल्याउने हामीले आशा गरेका छौं ।’