मलेसियास्थित रिया आईएमईले दसैंतिहारको अवसरमा सार्वजनिक गरेको ‘दसैंतिहारमा आईएमई गर्नुहोस् घर सजाउनुहोस्’ प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत दोस्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयरमा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आईएमईका सेवाग्राही राम थापा, महेन्द्र शाह, सञ्जितकुमार राय र राम एकबल महतो विजेता घोषित भएका हुन् ।
उनीहरुले मलेसियाबाट रिया आईएमईमार्फत अक्टोबरमा नेपालमा रहेका आफन्तलाई पैसा पठाएका थिए । रियाले दसैंतिहारलाई लक्ष्य गरी सेप्टेम्बर १ देखि अक्टोबर मसान्तसम्म उक्त कार्यक्रम सञ्चालन गरेको थियो । यसअघि राममणि भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका थिए । विजेताले घरयासी प्रयोजनका सामग्री वासिङ मेसिन, रेफ्रिजेरेटर, एलईडी टेलिभिजन, माइक्रो वेभ ओभन र स्ट्यान्ड फ्यान प्राप्त गरेका छन् ।