ईश्वर चिपालू ६३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी देवेन्द्र शङ्करले ३९३ मत मात्र प्राप्त गरे । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा चिपालू र कोषाध्यक्षमा शङ्कर थिए ।
फिक्कल । इलाम उद्योग वाणिज्य सङ्घको आठौँ अधिवेशनले ईश्वर चिपालूलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
उनी ६३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी देवेन्द्र शङ्करले ३९३ मत मात्र प्राप्त गरे । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा चिपालू र कोषाध्यक्षमा शङ्कर थिए ।
यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा दुर्गा श्रेष्ठ (मदन) र महिला उपाध्यक्षमा अनुजा गजुरेल (सुवेदी) विजयी भएका छन् ।
त्यस्तै महासचिवमा हेमन्त गौतम (अत्री), सचिवमा श्रीबहादुर र कोषाध्यक्षमा सन्तोष भक्तराज लवट विजयी भएको निर्वाचन अधिकृत तीर्थ खतिवडाले जानकारी दिए । रासस