दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी

श्रेष्ठले ४ सय ३ मत ल्याएका छन् भने कार्कीले ३ सय ६७ मत ल्याएका हुन् । उद्योग वाणिज्य सङ्घ दोलखाको २२ औं साधारणसभाबाट श्रेष्ठको प्यानल नै विजयी भएको हो ।

काठमाडौं । दोलखा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा इन्द्र श्रेष्ठ विजयी भएका छन् । निकटम प्रतिद्वन्द्वी सुन्दर कार्कीलाई ३६ मतको अन्तरले हराएर उनी विजयी भएका हुन् ।

श्रेष्ठले ४ सय ३ मत ल्याएका छन् भने कार्कीले ३ सय ६७ मत ल्याएका हुन् । श्रेष्ठलाई नेपाली काङ्ग्रेसले समर्थन गरेको थियो भने कार्कीलाई नेकपाले समर्थन गरेको थियो । अध्यक्षमा विजयी श्रेष्ठ यसअघि सङ्घको महासचिवमा निर्वाचित भएका थिए ।