ओप्पो एफ५ निलो कलरका साथ नेपाली बजारमा

ओप्पो एफ५ फोनमा १८.९ आस्पेक्ट रेसियो, २.५डी कभर्ड ग्लाससहित ६ इन्चको एचडी डिस्प्ले छ । त्यस्तै कलर ओएस ३.२ प्रोसेसर, एन्ड्रोइड भर्सन ७.१.१ तथा ३ हजार २ सय एमएएच पावरको ब्याट्री छ । सामान्यतया यसको ब्याट्री २० घण्टासम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

बढ्दो मोबाइल प्रयोगकर्ताको मागलाई लक्ष्य गरी सेल्फी एक्सपर्ट ओप्पोले पहिलो पटक निलो रङ्गको ब्ल्यूू एडिसन एफ५ मोडलको मोबाइल फोन नेपाली बजारमा भित्र्याएको छ ।

फोनको पछिल्लो भागमा टल्किने प्यानल प्रयोग गरिएको छ । ओप्पो एफ५ फोनमा १८.९ आस्पेक्ट रेसियो, २.५डी कभर्ड ग्लाससहित ६ इन्चको एचडी डिस्प्ले छ । त्यस्तै कलर ओएस ३.२ प्रोसेसर, एन्ड्रोइड भर्सन ७.१.१ तथा ३ हजार २ सय एमएएच पावरको ब्याट्री छ । सामान्यतया यसको ब्याट्री २० घण्टासम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

फोनमा ६ जीबी र्याम र ६४ जीबी इन्टरनल स्टोरेज सहित २० मेगापिक्सलको सेल्फी र १६ मेगापिक्सलको पछाडीको क्यामेरा छ । कम्पनीका अनुसार नेपाली बजारमा पहिलो पटक आएकाले ओप्पो एफ५ ब्ल्यूको माग बढ्दो छ ।

मोबाइल फोनको सुरक्षाका लागि फेस अनलग पनि राखेको ओप्पो मोबाइल सेन्टरले जानकारी गराएको छ । नेपाली बजारमा यसको मूल्य ३६ हजार ४ सय ९० रुपैयाँ निर्धारण गरिएको कम्पनीले बताएको छ ।