कतार एयरवेजको नेपालमा सेवा सुरु गरेको २०औँ वर्षको अवसर पारेर बौद्ध स्तुपामा वार्षिकोत्सव उद्घाटन भयो । कतार एयरवेजले आयोजना गरेको कार्यक्रम पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री जितेन्द्रनारायण देव र कतार एयरवेजका २० टप अजेन्टहरुले उद्घाटन गरे ।
कार्यक्रममा कतार एयरवेजका नेपाल म्यानेजर जयप्रकाश नयरले कतार एयरवेजसँगको आफ्नो यात्रा र यी वर्षहरुमा कतार एयरवेजको विस्तारबारे बताए । उनले एयरलाइन्सले कसरी नेपालमा पनि गुणस्तर कायम गर्दै उडान सेवा दिइरहेको विषयमा पनि आफ्नो धारणा सुनाए ।
कार्यक्रममा कतार एयरवेजका कर्मचारी र नेपाल म्यानेजरको उपस्थिति थियो ।
२० औं वार्षिकोत्सवको अवसर पारेर नै कतार एयरवेजले इकोनोमी र बिजनेस दुवै क्लासका यात्रुहरुलाई सस्तो दरमा उडान भर्ने पनि जनाएको छ । त्यति मात्र होइन, २० भाग्यशाली विजेतालाई कतार एयरवेजको प्रिभिलेज क्लब गोल्ड मेम्बरसिप पनि उपलब्ध गराउने भएको छ ।
१ नोभेम्बरदेखि १० नोभेम्बर २०१७ सम्मको यो योजनामा कतार एयरवेजले एउटा टिकटको पैसामा दुई बिजनेस क्लास टिकट र दुई इकोनोमी क्लासको दरमा तीन टिकट उपलब्ध गराउने भएको छ । यो अफर १ नोभेम्बर २०१७ देखि ३१ अक्टोबर २०१८ सम्मको यात्राका लागि मान्य हुनेछ ।
कतार एयरवेजका प्रमुख कमर्सियल अफिसर इहाब अमिनले भने, ‘२० औं वार्षिकोत्सवको अवसरमा यी योजना ल्याउँदा हामी निकै खुसी छौँ । यो हाम्रा यात्रुहरुलाई केही दिनका लागि विशेष वर्ष हुनेछ । त्यसैले हामी इकोनोमी र बिजनेस क्लास क्याविनमा सहुलियत दरमा टिकट उपलब्ध गराउँदै छौँ र हामी चाहन्छौँ, २० वर्षको यो यात्रामा हामीसँगै हुन् हाम्रा यात्रुहरु ।’
२०औँ वर्षको अवसर पारेर नै कतार एयरवेजले सामाजिक सञ्जालमा पनि २० दिने अभियान चलाएको छ । २६ अक्टोबरबाट सुरु भएको यो अभियनाले कतार एयरवेजका २० वर्षका उपलब्धिहरुलाई झल्काएको छ । सन् २०१७ मा कतार एयरवेजले न्युजिल्यान्डको अकल्यान्ड, आयरल्यान्डको डब्लिन, फ्रान्स र प्रेग, चेक रिपब्लिकलगायतका ठाउँमा पनि आफ्नो उडान विस्तार गरेको छ ।