आइएमई मोटर्सले ल्यायो भारवहन १.५ टन क्षमताको गाडी, क्यासलेस सुविधाबाट खरिद गर्न सकिने

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता रहेको छ । जस्को मूल्य २० लाख ४० हजार रुपैंया रहेको छ ।

काठमडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि.द्वारा प्रवद्र्धित अशोक लेलैण्डले नेपालको लागि लक्षित गरी भारवहन १.५ टन क्षमताको दोस्त प्लस मोडलको गाडी लञ्च गरेको छ ।

यही वैशाख २७ गते सिता सितापाईला पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी आइएमई मोटर्स प्रा.लि.ले अशोक लेलैण्डको दोस्त प्लस प्रोडक्ट लञ्च र टेस्ट ड्राइभसमेत गराएको हो ।

नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजारमा ल्याईएको दोस्त प्लस मोडलको ६० हर्ष पावर, अतिरिक्त लोडिङ स्पेस, अगाडी ३ र पछाडी ६ स्प्रिङ्ग पत्ता रहेको छ । जस्को मूल्य २० लाख ४० हजार रुपैंया रहेको छ ।

दोस्त प्लस गाडीका प्रोडक्ट ईन्चार्ज प्रभात विक्रम विष्टले यसको प्रतिस्पर्धी नेपालमा अरु कुनै कम्पनीको गाडी नभएकोले राम्रो बजार लिने दाबी गर्दै ग्राहकलाई गाडी खरिद गर्न अझ सहज बनाउने उद्देस्यले क्यासलेस बीमा पोलिसी सुविधा पनि ल्याएको बताए ।

अशोक लेलैण्डले अघिल्लो उत्पादन दोस्त स्ट्रङ्गको सफलताबाट उत्साहित हुँदै उक्त गाडीभन्दा धेरै गुण राम्रो पर्फमेन्स भएको दोस्त प्लस गाडी बजारमा ल्याएको आइएमई मोटर्स प्रा.लि.का सेल्स हेड सुशील थापाले जानकारी दिए ।