बीमा कम्पनीको संख्या धेरै भयो, मर्जरमा जानुस

बीमाको बजारमा संख्यात्मक हैन गुणात्मक विस्तार हो । गुणात्मक भएका संस्थाको क्षमता, सेवा र दायरा विस्तार हुनुपर्छ । संख्यात्मक विस्तारले हामीलाई कही पनि पुर्याउदै भन्ने कुरा बैङ्किङ्ग लाइसेन्स वितरणबाट देखाएको छ ।

बीमा क्षेत्रको एक वर्षका तथ्याँक उत्साहजनक देखिएका छन् । समग्र अर्थतन्त्रमा नै उत्साहप्रद देखिएको बेला बीमाको पनि देखिनु स्वभाविक नै हो । यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुँदै छ, भने अर्को वर्ष यो भन्दा बढी नै हुनेछ । अझै उत्साहपुर्ण आर्थिक वृद्धिको ध्येय छ, यसमा बैङ्क तथा वित्तीय क्षेत्रका अतिरित्त बीमाको ठुलो योगदान हुनेछ । उच्च आर्थिक वृद्धिका लागि हामीले धेरै काम गर्नुपर्ने हुन्छ ।

राष्ट्रिय बचत अभिवृद्धि गर्नुपर्ने छ, यसमा बीमाको भुमिका ठुलो हुनेछ । नेपालको इतिहास मै सर्वाधिक वचत भएको छ । कुल ग्राहस्र्थ उत्पादनको २० प्रतिशत वचत भएको छ । नेपालीहरुको वचत गर्ने क्षमता बढेको छ, यो खुशीको कुरा हो र सबैलाई वधाइ छ । अब यो वचतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरेर उत्पादकत्व बढाएर अझै उत्साहप्रद आर्थिक वृद्धिमा जानु छ । त्यस क्रममा बैक वित्त र बीमा क्षेत्रको ठुलो भुमिका रहोस, यसमा मेरो शुभकामना छ ।

यो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि हुँदै छ, भने अर्को वर्ष यो भन्दा बढी नै हुनेछ । अझै उत्साहपुर्ण आर्थिक वृद्धिको ध्येय छ, यसमा बैङ्क तथा वित्तीय क्षेत्रका अतिरित्त बीमाको ठुलो योगदान हुनेछ । उच्च आर्थिक वृद्धिका लागि हामीले धेरै काम गर्नुपर्ने हुन्छ ।

पछिल्लो समयमा बीमा, बैङ्किङ्गलगायत समग्र वित्तीय क्षेत्रको प्रगति राम्रो छ । उत्पादन क्षेत्रको वृद्धि र आर्थिक वृद्धि नभइ वित्तीय क्षेत्रको मात्र गतिविधिले मात्र पुग्दैन, त्यसकारण हाम्रो साधन र स्रोतलाई उत्पादनमुलक क्षेत्रमा लगाइएन भने फेरी हामीले आर्जन गरेको वृद्धि दिगो हुँदैन । वचत स्रोत तथा साधनलाई उत्पादनमुलक क्षेत्रमा लगाउन सके हामीले खोजेको आर्थिक वृद्धि हुनेछ ।

बीमा कम्पनीको विस्तारसंगै मर्जरको कुरा पनि आएको छ । संख्याको विस्तार गरिरहदा त्यसको प्रतिस्पर्धात्मक क्षमताको आधारबाट मर्जरमा जान नपरोस भनेर हिजो बैङ्किङ्ग लाइसेन्स जारी गर्दा सोचियो, नत अहिले बीमाको लाइसेन्स जारी गर्दा नै, अब आगामी दिनमा यस्तो अवस्था नआओस । बीमाको बजारमा संख्यात्मक हैन गुणात्मक विस्तार हो । गुणात्मक भएका संस्थाको क्षमता, सेवा र दायरा विस्तार हुनुपर्छ । संख्यात्मक विस्तारले हामीलाई कही पनि पुर्याउदै भन्ने कुरा बैङ्किङ्ग लाइसेन्स वितरणबाट देखाएको छ ।

बैङ्कका संख्या धेरै हुँदाको भन्दा मर्ज भइसकेपछिको सेवामा गुणात्मक फडको मारेको छ । संख्या धेरै भएकाले बीमा पनि मर्जरमा जानुपर्छ ।र, बीमामा पनि यो लागु हुन्छ । समितिले मर्जरलाई जोड दिएको छ, यो राम्रो कुरा हो । बैङ्किङ्गमा जस्तै बीमामा पनि सुध्रिढ प्रणालीको विकास होस । सुरुमा असाध्य ग्रिनफिल्ड देखिन्छ तर त्यहाँ दुँवो मात्र हुन्छ, तर विचार नपुर्याइ आउनुभयो भने दुँवो भन्दा अरु केही हुन्न । बीमा सम्बन्धित कानून संसदमा विचारधीन छ ।

संख्याको विस्तार गरिरहदा त्यसको प्रतिस्पर्धात्मक क्षमताको आधारबाट मर्जरमा जान नपरोस भनेर हिजो बैङ्किङ्ग लाइसेन्स जारी गर्दा सोचियो, नत अहिले बीमाको लाइसेन्स जारी गर्दा नै, अब आगामी दिनमा यस्तो अवस्था नआओस । बीमाको बजारमा संख्यात्मक हैन गुणात्मक विस्तार हो ।

नियामक निकाय बलियो हुनुपर्छ र बिमा कम्पनीका सञ्चालक पनि मजवुत हुनुपर्छ । बीमा व्यवसाय जटिल बन्दै गएको छ । मैले बीमाको बारे केही पनि बुझदिन । त्यसैले बीमाको बारे चेतना कसरी बढाउने, बीमित र बिमकको क्षमताका कसरी विस्तार गर्ने अरु कुनै प्रणालीका मानिसलाई सहभागी हुनु भनिरहँदा अरुको जोखिमको बीमा गर्ने तर आफनो जोखिमको कसले गर्ने ? अरुको बीमा गरिरहदाँ आफनो जोखिम पनि हेर्नुपर्छ ।

जोखिम दुई प्रकारको छ, एउटा जोखिम आन्तरिक छ, आफनो व्यवस्थापकीय कमजोरी, आफैले जोखिम विश्लेषण गर्न नजानेको, अथवा जोखिम पासन नगर्नु पर्ने जोखिम पनि आफैले लिने र नलिनुपर्ने जोखिम पनि दिनुभयो भने आफै समस्यमा पर्न सकिन्छ । अर्को सिस्टमिक रिस्कको कुरा गर्छु यो पनि प्रणाली भित्रको जोखिम हो ।

सिस्टमिक रिस्क बीमा समितिले हेर्नुपर्छ । धेरै बीमाका लगानीकर्ता बैङ्कर पनि हुनुहुन्छ । उहाँको उद्योग व्यवसाय पनि होला, भोलीका दिनमा सिस्टमिक रिस्क के पर्छ ? भन्ने कुरा ध्यान दिनुपर्छ । संस्थागत मात्र हैन सिस्टमिक रिस्क पनि हेरिनुपर्छ ।
बीमा कम्पनीले गर्ने लगानी सुरक्षित र बढी प्रतिफल दिने हुनुपर्छ । विभिन्न वित्तीय उपकरणका विषयमा छलफल गर्न सक्छौ ।

मेरो चासो लघु बीमामा हो । पोहर साल लघु बीमाको कुरा गरेका थियौ । यो वर्ष कुल व्यावसयाको ५ प्रतिशत पुगे छ, खुसी लाग्यो । साना माझौला व्यवसायसंग बीमा पनि सानै छ, ठुला जोखिमका कुरा गरेर के गर्ने ?जति जोखिम बाड्न सक्यो त्यत्ति राम्रो हुन्छ, त्यसैले जोखिम वितरणलाई ध्यान दिनुपर्छ । ठुला वित्तीय संकट आउँदा ठुला संस्था ढले तर सानालाई असर गरेन । यसतर्फ तपाईको प्रयास रहोस ।

बैङ्किङ्ग र बीमाबीच र बीमा र बीमाबीचको प्याकेजिङ्गको काम नगर्नु होला, विगतमा यसले समस्या ल्याएको छ । हाम्रा आँखा चारैतिर छन, हामीले हेरिरहेका हुन्छौ, किनभने हामी सानो समाजमा छौ । हामीले प्याकेजमा गर्दा व्यवसायिक डिल मात्र हुन्छ । सुन्दा तितो लाग्छ, यसमा सबैको ध्यान जाओस । पुर्नबीमामा हामी बाहिर जानुपर्छ ।

पुर्नबीमालाई बलियो बनाउनुपर्छ । बाहिरबाट पनि पुर्नबीमा आएको छ, यो राम्रो कुरा हो । बीमाको पंहुच १८ प्रतिशत मात्र भएको छ । बढी क्यापिटलाइजेसन भएको छैन ।

अर्थमन्त्री खतिवडाले बीमा समितिको ५१ औं वार्षिकोत्सवमा गरेको सम्बोधनको सम्पादित अंश