पुँजी पुर्याउन नसक्ने कम्पनीले स्वच्छिक मर्जरमा जाने हो भने समितिले सहुलियत दिने छ’ चापागाँइले भने । समितिले जीवन बीमालाई २ अर्ब र निर्जिवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी तोकेको छ ।
काठमाडौं । तोकिएको समयमा अधिकाँश बीमा कम्पनीले पुँजी पुर्याउन नसकेको भन्दै बीमा समितिले मर्जरमा जान सुझाएको छ । कम्पनीहरुलाई गत पुससम्म चुत्तापुँजी पुर्याउन समय सीमा दिएकोमा अधिकाँशले नपुराएको समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवि चापागाँईले बताए ।
न्युनतम पुँजी नपुर्याउने कम्पनीलाई मर्जरमा जान सहुलियत दिने उनले स्पष्टपारे । ‘पुँजी पुर्याउन नसक्ने कम्पनीले स्वच्छिक मर्जरमा जाने हो भने समितिले सहुलियत दिने छ’ चापागाँइले भने । समितिले जीवन बीमालाई २ अर्ब र निर्जिवन बीमा कम्पनीलाई १ अर्ब रुपैयाँ पुँजी तोकेको छ ।
चालु आर्थिक वर्षभित्र बीमाको पंहुच बढेर २० प्रतिशत पुग्ने भएको छ । गत फागुनसम्म १८ प्रतिशत जनसंख्यामा रहेको बढेर २० प्रतिशतमा पुग्ने भएको हो । बीमा समितिको ५१ औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष चापागाँईले पंहुच विस्तारका साथै कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा बीमाको हिस्सा ३ प्रतिशत पुग्ने जानकारी दिए ।
हालसम्म ६० लाख ३० हजार बीमालेख बिक्री गरी ४० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन भएको उनले बाए । यस्तै कुल व्यवस्थामा लघुबीमाको हिस्सा ५ प्रतिशत रहेकोमा बढेर १० प्रतिशत पुग्ने चापागाँईले जानकारी दिए ।
सो अवसरमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले यो वर्ष बीमा व्यवसाय विस्तार भई ९८ अर्ब ६१ करोड रुपैयाँ पुग्ने जानकारी दिए । गत वर्ष ७७ अब ८८ करोडको कारोबार भएकोमा यो वर्ष बढ्ने पौडलले बताए । भूकम्पको ९५ प्रतिशत दावी भुत्तानी भएको उनले जानकारी दिए । सरकार सम्पत्तिको बीमा नभएको भन्दै यसतर्फ ध्यान दिन उनले अर्थ मन्त्री डा. युवराज खतिवडाको ध्यानकर्षण गराए ।
नेपालमा बीमा व्यवसाय सुरु भएको ७० वर्ष बितेको छ । पछिल्ला वर्षमा बीमाको नियमन र सुपरीवेक्षण अझ प्रभावकारी बन्दै गएको, कम्पनीमा संस्थागत सुशासन कायम, चुक्तापुँजी वृद्धि, बिमालेख र निर्देशिकामा सुधार गरिएको चापागाँईले जानकारी दिए ।
समितिले गरेको निर्देशिकामा सुधारले बीमा कम्पनीले कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न पाउने बाटो खुला गरेको छ । गत आर्थिक वर्षसम्म जीवन बीमा व्यवसाय बढेर ५१ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको पुससम्म १९ कम्पनीले ३१ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको समितिले जानकारी दिएको छ ।
जीवन र निर्जीवन गरी देशभरी ४० बीमा कम्पनी सञ्चालनमा रहेका छन् । यीमध्ये लाइफ इन्स्योरेन्स कर्पोरेशन अफ नेपाल लिमिटेड (एलआईसी) र सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड संयुक्त लगानीमा, मेटा लाइफ नेसनल इन्स्योरेन्स कम्पनी लिमिटेड र दी ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिमटेड विदेशी शाखाको रुपमा कार्यरत छन ।